१. ‘विश्व आर्थिक स्वतन्त्रता सूचकाङ्क २०२६ अनुसार अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
उत्तर : ९० औँ
– समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार १० नम्बरको कुल सूचकाङ्कमा नेपालले ६.५९ अङ्क प्राप्त गरी १६५ देशमध्ये ९० औँ स्थानमा रहेको । नेपाल अघिल्लो वर्ष ८९ औँ स्थानमा थियो ।
– विश्वभर सबैभन्दा उच्चस्तरको आर्थिक स्वतन्त्रता कायम गर्ने देशको सूचीमा हङकङ पहिलो स्थानमा रहेको छ भने सबैभन्दा कम वरीयता वा अन्तिम स्थानमा भेनेजुएला रहेको छ ।
– अन्य मुलुकको स्थिति : भारत ८८ औँ, चीन ११० औँ, अमेरिका शीर्ष पाँचभित्र र रुस १४३ औँ स्थानमा रहेका ।
– उच्चस्तरको आर्थिक स्वतन्त्रता भएका देशमा बसोबास गर्ने मानिसले बढी समृद्धि, बढी राजनीतिक तथा नागरिक स्वतन्त्रता र लामो आयु (औसत आयु ८०.७ वर्ष) प्राप्त गर्ने प्रतिवेदनमा उल्लेख ।
२. ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा चौथो पटक राष्ट्रपतिमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ?
उत्तर : लुइज इनासिओ लुला दा सिल्भा (सन् २०२६ अक्टोबर)
– वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो पटक ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका ।
– पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका ।
– लुलाको विगतका कार्यकाल : सन् २००३ (पहिलो), सन् २००६ (दोस्रो) र सन् २०२२ (तेस्रो) ।
– लुलाले ब्राजिललाई कसैको आँगन बन्न नदिने भन्दै सार्वभौमसत्तालाई प्रमुख चुनावी मुद्दा बनाएका ।
३. षडानन्द राष्ट्रिय पुरस्कार २०८३ कसलाई प्रदान गरियो ?
उत्तर : नेपाली संस्कृतिविद् तथा समाजशास्त्री प्राडा प्रेमकुमार खत्री
⇒ प्रदान गर्ने : आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान
⇒ षडानन्द राष्ट्रिय समाजसेवा पुरस्कार, २०८३ : विश्रान्ति मन्दिर आश्रम, मूलघाट, धनकुटा (पुरस्कार राशि: रु. ५१ हजार)
⇒ षडानन्द क्षेत्रीय पुरस्कार : कवि जसराज किराँती (पुरस्कार राशि : रु. ५१ हजार)
४. नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप कति हिमाललाई सूचीकृत गराउन प्रस्ताव गरेको छ ?
उत्तर : ६ वटा
– काठमाडौँमा आयोजित विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको सन् २०२६ को साधारण सभामा सो प्रस्ताव प्रस्तुत गरिएको ।
– नेपालले सन् १९८२ र सन् २०११ पछि सन् २०२६ मा तेस्रो पटक विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको साधारण सभा आयोजना गरेको ।
– प्रस्ताव पारित भएमा विश्वभर आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्ने र नेपालमा यस्ता हिमालको सङ्ख्या आठबाट बढेर १४ पुग्ने ।
प्रस्तावित छ हिमाल :
– यालुङ काङ (८,५०५ मिटर)
– कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर)
– कञ्चनजङ्घा मध्य (८,४७३ मिटर)
– ल्होत्से मध्य (८,४१० मिटर)
– ल्होत्से सार (८,४०० मिटर)
– यालुङ काङ पश्चिम (८,०७७ मिटर)
५. मस्कोमा सम्पन्न अन्तर्राष्ट्रिय युरेसिया पुरस्कार अन्तर्गत ‘मित्रताको पुल’ विधामा तृतीय पुरस्कार जित्न सफल नेपाली को हुन् ?
उत्तर : राम विन्दु श्रेष्ठ (सन् २०२६ अक्टोबर)
– ‘युरेसिया’ संस्थाद्वारा रुसको रोसोट्रुडनिचेस्टभो (रुसी सहयोग) सँगको साझेदारीमा स्थापित यस अवार्डका लागि विश्वका ७३ देशबाट कुल ५,५१२ आवेदन प्राप्त भएका थिए ।
⇒ नेपाल र रुसका साहित्यिक समुदायबिच समन्वय गरी दुई देश र नागरिकस्तरमा अन्तर्राष्ट्रिय सहकार्य एवंसांस्कृतिक संवाद प्रवर्धन गरेवापत श्रेष्ठलाई सो अवार्ड प्रदान गरिएको ।
– उनी रुस–नेपाल सहकार्य तथा मैत्री समाजको साहित्य आयोगका उपाध्यक्ष, मित्र कुञ्जका उपाध्यक्ष एवं नेपाल–रुस साहित्य समाजका महासचिव हुन् ।
६. छैटौँ संस्करणको ‘मिसेस नेपाल वल्र्ड २०२६’ को उपाधि जित्ने प्रतिभा को हुन् ?
उत्तर : विनीता गुरुङ
– रिबन इन्टरटेनमेन्टद्वारा आयोजित
अन्य विधाका उपाधि विजेता :
– मिसेस नेपाल इन्टरनेसनल : शिल्पा न्यौपाने महर्जन
– मिसेस नेपाल कस्मो : क्रिस्टिना ज्ञवाली
– एमएस नेपाल इन्टरनेसनल : रिचा शर्मा
७. अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सद्वारा प्रदान गरिएको ‘बेस्ट बैङ्क अवार्ड २०२६’ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
उत्तर : ग्लोबल आइएमई बैङ्क लिमिटेड
⇒ बैङ्क यो अवार्डबाट लगातार तेस्रो वर्ष (सन् २०२४, २०२५ र २०२६) सम्मानित भएको ।
⇒ थाइल्यान्डको राजधानी बैङ्ककमा आयोजित विशेष समारोहमा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीद्वारा ग्रहण ।
⇒ वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, डिजिटल तथा भौगोलिक पहुँच, रणनीतिक साझेदारी, एआई तथा आधुनिक प्रविधिको प्रयोग, दिगो कर्जा र जोखिम व्यवस्थापन मूल्याङ्कनका प्रमुख आधार रहेका ।
⇒ विगतका अन्य प्रमुख सम्मान : ‘बैङ्क अफ दि इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैङ्क २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४, २०२५), ‘बेस्ट बैङ्क इएसजी नेपाल २०२४’ आदि ।
८. नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको ‘विशिष्ट प्रतिभा सम्मान’ कसलाई प्रदान गर्यो ?
उत्तर : वरिष्ठ गीतकार शिवशङ्कर थापामगर
– आयोजक संस्था : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत (स्थापना : सन् २००८)
⇒ विशिष्ट प्रतिभा सम्मान : गीतकार शिवशङ्कर थापामगर (धनकुटा), पुरस्कार राशि : रु. एक लाख
– प्रतिभा पुरस्कार : कवि तथा कलाकार चन्द्र रानाहँछा (खोटाङ), पुरस्कार राशि : रु. एक लाख
९. ट्राभल इन्स्योरेन्स बजार स्क्वायरमाउथको २०२६ को अध्ययन अनुसार विश्वकै सबैभन्दा महँगो पर्यटकीय गन्तव्य कुन हो ?
उत्तर : ग्रिनल्यान्ड
शीर्ष पाँच महँगा गन्तव्य :
पहिलो: ग्रिनल्यान्ड (९.८४ अङ्क)
दोस्रो: ब्रिटिस भर्जिन आइल्यान्ड (९.७२ अङ्क)
तेस्रो: फ्रेन्च पोलिनेसिया (९.४३ अधधङ्क)
चौथो: अन्टार्कटिका (८.९० अङ्क)
पाँचौँ : माल्दिभ्स (८.७४ अङ्क)
– सूचीका अन्य प्रमुख गन्तव्य : स्विट्जरल्यान्ड (छैटौँ), जिम्बाब्वे (सातौँ), टक्र्स एन्ड काइकोस आइल्यान्ड (आठौँ), बोत्स्वाना, एङ्गुइला र सेन्ट लुसिया (संयुक्त नवौँ), नामिबिया र आइसल्यान्ड (संयुक्त १२ औँ), नर्वे (१४ औँ) र जाम्बिया (१५ औँ) ।
– खर्च निर्धारणका आधारहरू : हवाई टिकट, होटेल, स्थानीय यातायात, कार भाडा, खाना र पेय पदार्थ, भौगोलिक दुर्गमता तथा आपूर्ति लागत ।
१०. द्वितीय संस्करणको मिस वेलनेस वल्र्ड, २०२६ को विजेता को हुन् ?
उत्तर : सान्वी मण्डल (नेपाल)
– आयोजना : सन् २०२६ सेप्टेम्बर २७, बैङ्कक (थाइल्यान्ड)
– प्रतियोगिताको नारा : सुन्दरतासँगै आरोग्य (बिउटु विथ वेलनेस) (बडी, माइन्ड एन्ड स्पिरिट)
– प्रतियोगिताको सुरुवात : सन् २०२५
– पहिलो संस्करणको विजेता : जेस्सिका बुक्सेलास (ब्राजिल)
११. ‘दु:ख र विपत् जीवनका यस्ता दुई पाहुना हुन्, जोबिना निमन्त्रण टुप्लुक्किन्छन् ।’ भन्ने विद्वान् को हुन् ?
उत्तर : वाल्मीकि
१२. संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ ?
उत्तर : अक्टोबर २४
– सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएको स्मरणमा हरेक वर्ष अक्टोबर २४ का दिन यो दिवस मनाउने गरिन्छ ।
१३. विश्व खाद्य दिवस कहिले मनाइन्छ ?
उत्तर : अक्टोबर १६
– सन् २०२६ (४६ औँ) को नारा : इनोभेट टुडे, नरिस टुमरो (आज नवप्रवर्तन गरौँ, भोलिलाई पोषित बनाऔँ ।)
– सन् १९४५ अक्टोबर १६ मा क्यानडाको क्युबेकमा खाद्य तथा कृषि सङ्गठन स्थापना भएको मितिको सम्झनामा यो दिवस मनाउने गरिएको ।
– मनाउन सुरु : सन् १९८१
– नेपाल खाद्य तथा कृषि सङ्गठनको सदस्य बनेको मिति : सन् १९५१ नोभेम्बर २१
१४. ‘जन्तरे समिट २०८३’ कहिले र कहाँ सम्पन्न भएको हो ?
उत्तर : विसं २०८३ कात्तिक ९–१०, जन्तरे, रोल्पा
– सातबुँदे घोषणापत्र जारी ।
– आयोजक संस्था : ‘कन्सेप्ट लुम्बिनी’
– पर्यटन क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व, प्रदेशका मन्त्री तथा सचिवसहित ३०० भन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको ।
– रोल्पा र रुकुमको प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिक संस्कृति र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको मानचित्रमा स्थापित गर्नु सम्मेलनको उद्देश्य रहेको ।
१५. सन् २०२६ अक्टोबरमा बङ्गालको खाडीमा विकसित भई भारतका विभिन्न स्थान र नेपालसमेत प्रभावित बन्न पुगेको चक्रवात कुन हो ?
उत्तर : चक्रवात ‘अर्णव’
– सो आँधीले आन्ध्र प्रदेश र ओडिसाका तटीय क्षेत्रमा सन् २०२६ अक्टोबर २८ मा भूप्रवेश (ल्यान्डफाल) गरी तीव्र हावाहुरी, बाढी तथा बालीनाली नष्ट गर्नुका साथै एक लाखभन्दा बढी मानिसलाई विस्थापित गराएको ।
– उक्त चक्रवातले न्यूनचापीय प्रणालीका रूपमा नेपाल प्रवेश गरी सन् २०२६ अक्टोबर २९ देखि ३१ सम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षा गराउँदै देशभर चिसो बढाउनुका साथै उच्च हिमाली भेगमा भारी हिमपात र पदयात्रामा अवरोध पुर्याएको ।
१६. नेपाल सरकारले पहिलो पटक कहिले ‘नागरिक बजेट’ सार्वजनिक गरेको हो ?
उत्तर : विसं २०८३ असोज २४
– आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै सरकारले ‘नागरिक बजेट’ सार्वजनिक गरेको ।
– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा २०८३ जेठ १५ मा सार्वजनिक गरेको बजेटको विवरणसहितको यो पुस्तिका असोज २४ मा सार्वजनिक गरिएको ।
– नागरिक बजेटमा बजेट निर्माण प्रक्रियादेखि कार्यान्वयन, अनुगमन, सरकारले राजस्व प्राप्त गर्ने स्रोत, खर्च हुने क्षेत्र, नागरिकले पाउने लाभ र सहभागिताबारे जानकारीका साथै विभिन्न शब्दका अर्थसमेत राखिएको ।
– बजेट प्रक्रियामा नागरिकको सहभागिता र स्वामित्व बढाउन, सरकारका प्राथमिकता तथा विकास योजनाबारे जानकारी गराउन, सरकारलाई जवाफदेही बनाउन र सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता कायम गर्न यसको थालनी गरिएको ।
– राज्यको स्रोतसाधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व रहेको कुरा अर्थमन्त्री डा. वाग्लेद्वारा नागरिक बजेटमा उल्लेख गरिएको ।
१७. सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चालु आव २०८३/८४ को असोजसम्मको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण दायित्व कति पुगेको छ ?
उत्तर : रु. ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख
⇒ कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपियाँ र आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपियाँ रहेको ।
– कुल सार्वजनिक ऋण दायित्व कुल गार्हस्थ उत्पादन (अर्थतन्त्र) को तुलनामा ४५.५९ प्रतिशत (बाह्य ऋण २४.२२ प्रतिशत र आन्तरिक ऋण २१.३७ प्रतिशत) रहेको ।
– असोजसम्म करिब ९९ अर्ब रुपियाँ ऋण भुक्तानी गरिएको (आन्तरिक ८२ अर्ब ७४ करोड र वैदेशिक १६ अर्ब १३ करोड) ।
१८. सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको लम्बाइ कति रहेको छ ?
उत्तर : १,१२६ मिटर
– सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा १,१२६ मिटर लामो सुरुङ र पहुँच सडकसहित कुल २.५९ किलोमिटर क्षेत्रमा पूर्वाधार निर्माण भइरहेको ।
⇒ सुरुङभित्रको भौतिक निर्माण ९५ प्रतिशत पूरा भएको, समग्र आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति करिब ६५ प्रतिशत पुगेको ।
– सुरुङ मार्गको लागत सात अर्ब ३४ करोड २१ लाख रुपियाँ रहेको ।
प्रस्तुतकर्ता : टङ्क केसी