Hint Plus Notes Source: Gorkhapatra (original)
↗ Open Original 🖨️ Export PDF

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
मिति: २७ साउन २०८३

 १. नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली एकदिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त ग¥यो ? 

उत्तर : सन्दीप लामिछाने 

– विसं २०८३ साउन २५ गते उहाँ दोस्रो पटक राष्ट्रिय टोलीको कप्तान बन्नुभयो, 

– नेपाल क्रिकेट सङ्घ (क्यान) ले ज्ञानेन्द्र मल्लको स्थानमा पहिलो पटक २०७८ मङ्सिर २९ गते उहाँलाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो,  

– रोहित पौडेलले चार वर्ष नेपालका लागि कप्तानी गर्नुभएको थियो । उहाँको कप्तानीमा नेपालले ओडिआई मान्यता जोगाउनुका साथै विश्वकप छनोट र दुई पटक टी–२० विश्वकप खेलेको थियो,

– क्यानले टी–२० आईको कप्तानमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई यसअघि नै नियुक्त गरेको ।


२. अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबी) को विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली कति औँ स्थानमा रहन सफल भएको छ ? 

उत्तर : ८३ औँ 

– अन्तर्राष्ट्रिय भलिबल महासङ्घको विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली ५७ स्थानको छलाङ मार्दै ८३ औँ स्थानमा प्रवेश गर्न सफल भएको,

– यस ऐतिहासिक उपलब्धिसँगै नेपालले आगामी दिनमा एसियाली च्याम्पियनसिपदेखि ओलम्पिक छनोटसम्मका साथै एफआइभिबी र एभिसीले आयोजना गर्ने आधिकारिक तथा छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको ।


३. नेपाल राष्ट्र बैङ्कद्वारा केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सिबिडिसी) सम्बन्धी अवधारणापत्र कहिले सार्वजनिक गरिएको हो ? 

उत्तर : विसं २०८३ साउन २४ 

– डिजिटल करेन्सी प्रयोगले पाँच वर्षमा ५० प्रतिशत नोट छपाई घटी रु. चार अर्ब ७३ करोड बचत र पुँजीगत खर्चमा टेवा पुग्ने जनाइएको,

– जाली नोटको जोखिम घट्ने र सुरक्षित डिजिटल भुक्तानी सुविधा, आमनागरिकले सहज रूपमा चलाउन सक्ने डिजिटल मुद्रा ।


४. दोस्रो बागमती कार्ययोजनाको अवधि कुन हो ? 

उत्तर : विसं २०८२–२१०२

– अनुमानित बजेट : रु. दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख रुपियाँ,

– कार्ययोजनाको अवधि : आगामी २० वर्ष (जसलाई चार चरणमा विभाजन गरिएको छ) पहिलो चरण : चालु आवदेखि पाँच वर्ष 

दोस्रो चरण :  ६–१० वर्ष (पहिलो मध्यावधि) 

तेस्रो चरण : ११–१५ वर्ष (दोस्रो मध्यावधि)

चौथो चरण : १६–२० वर्ष (दीर्घकालीन)

– समेटिएको क्षेत्र : बागमती र यसका सहायक नदीको जलाधार क्षेत्रले ओगटेको ३१४.२ वर्गकिलोमिटर क्षेत्र,

– क्षेत्रगत वर्गीकरण : जलाधार पर्यावरण र सहरी वृद्धि परिदृश्यका आधारमा संरक्षित क्षेत्र, उपसहरी क्षेत्र र सहरी क्षेत्र गरी तीन भागमा वर्गीकरण । 


५. भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड, २०८३ बाट सम्मानित हुने शिक्षक को को हुनुहुन्छ ?  

उत्तर : अन्जना महर्जन (नेपाली, मङ्गल मावि कीर्तिपुर), शर्मिला प्रधान (अङ्ग्रेजी, मङ्गल मावि कीर्तिपुर), राजकुमार कँडेल (गणित, नारायणी नमुना मावि चितवन), प्रकाश आचार्य (सामाजिक अध्ययन, श्रम राष्ट्रिय मावि टुसाल काठमाडौँ) र मुकुन्दप्रसाद काफ्ले (विज्ञान, श्रम राष्ट्रिय मावि टुसाल काठमाडौँ)

– पुरस्कार राशि : जनही दुई लाख २२ हजार २२२ रुपियाँ । 

– पुरस्कार प्रदान गर्ने संस्था : भिपी अग्रवाल साइन्स फाउन्डेसन


६. नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ ले कति बुँदे ‘टोकियो घोषणापत्र’ जारी ग¥यो ?

उत्तर : नौबुँदे

– नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित सो सम्मेलनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन र प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरण मुख्य विषय रहेका, 

– महासङ्घ, जापान शाखाको आयोजना, सबै वैदेशिक शाखाको सहआयोजना तथा नेपाल–अमेरिका र नेपाल–अस्ट्रेलिया पत्रकार सङ्घको सहकार्य,

– प्रवासमा रहेका पत्रकारको ज्ञान र सिपलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने प्रतिबद्धता,

– विदेशमा कार्यरत पत्रकारको सम्मानार्थ ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय ।

७. नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन कहिले भएको हो ?

उत्तर : विसं २०८३ साउन १२ 


८. संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो ५९ वर्ष लामो सदस्यता त्याग गर्दै पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र ओपेक प्लसबाट कहिले बाहिरिएको हो ? 

उत्तर : सन् २०२६ मे १ (सन् २०२६ अप्रिल २८ मा बाहिरिने घोषणा गरेको थियो ।)

– करिब छ दशक लामो आबद्धता अन्त्य गर्दै युएई ओपेकबाट बाहिरिने ठुलो अर्थतन्त्र भएको पहिलो खाडी राष्ट्र बनेको छ, जसले विश्व ऊर्जा राजनीतिमा नयाँ तरङ्ग ल्याएको,

– ओपेकले तोकेको कूटनीतिक उत्पादन कोटाभन्दा आफ्नो क्षमता अनुसार तेलको उत्पादन बढाएर आर्थिक लाभ लिने र राष्ट्रिय हितलाई प्राथमिकता दिने दीर्घकालीन रणनीतिस्वरूप युएईले यो कदम चालेको,

– युएईको यो बहिर्गमनले विश्व बजारमा ओपेकको पकड तथा मध्यपूर्वी ऊर्जा समीकरणमा प्रभाव पर्ने विश्लेषकको ठम्याइ रहेको ।


९. सिङ्गापुरमा सम्पन्न ‘एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता’ को उपाधि जित्ने राष्ट्र कुन हो ?

उत्तर : नेपाल (१९ रनले विजयी)

– खेल सञ्चालन मिति : सन् २०२६ मे ३१–जुन ८  

– आयोजक : सिङ्गापुर 

– सिङ्गा ओभल मैदानमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा दुई विकेट गुमाई ११४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सो समयमा डिएलएस नियम अनुसार नेपाल १९ रनले अगाडि रहेकाले विजेता घोषित भएको,

– यो फाइनल खेल नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको १०० औँ टी–२० अन्तर्राष्ट्रिय खेल थियो, जुन आफैँमा एउटा महìवपूर्ण व्यक्तिगत कीर्तिमान हो,

– प्रतियोगितामा उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले फाइनलमा ४० बलमै आठ चौका र तीन छक्कासहित ६५ रन बनाउनुभयो । यसै छनोट प्रतियोगितामा उहाँले दुई शतक प्रहार गर्नुभएको, यस जितसँगै छनोट प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान आगामी एसियन गेम्सका लागि छनोट भएका ।


१०. आसियन डे कहिले मनाउने गरिन्छ ? 

उत्तर : अगस्त ८ 

– सन् १९६७ अगस्त ८ मा आसियानको स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाइने,

– पाँच संस्थापक : थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर र फिलिपिन्स, 

– हाल यसमा कुल ११ सदस्य राष्ट्र रहेका, 

– ११ औँ सदस्य राष्ट्र : टिमोर लेस्टे ।  


११. साउदी अरब, पाकिस्तान र टर्कीबिच सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यसाथ ‘मक्का संयुक्त रक्षा सम्झौता’ कहिले भएको हो ? 

उत्तर : सन् २०२६ अगस्त ७

– सम्झौता अनुसार कुनै एक सदस्य राष्ट्रमाथि हुने आक्रमणलाई तिनै राष्ट्रमाथिको आक्रमण मानिने व्यवस्था गरिएको । 


१२. बाल्टिक सागर पौडिएर पार गर्दै ऐतिहासिक कीर्तिमान कायम गर्ने पौडीबाज को हुन् ? 

उत्तर : बार्तोमेइ कुब्कोव्स्की (पोल्यान्डका पौडीबाज)

– उहाँले बाल्टिक सागरमा लगातार ५६ घण्टासम्म पौडी खेल्दै (करिब १६० किलोमिटर) सो ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको, 

– उहाँ स्विडेनदेखि पोल्यान्डसम्म बाल्टिक सागर पौडी खेलेर पार गर्ने पहिलो व्यक्ति बन्नुभएको । 


१३. वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन कहिले भएको हो ?  

उत्तर : विसं २०८३ साउन २६ गते

– जन्म : विसं २००४ साउन ११ 

– योगदान एवं विधा : नेपाली, मैथिली, हिन्दी र अङ्ग्रेजी (कथा, कविता, गीत तथा अन्य) 

– चर्चित कृति तथा पाठ्यक्रम : विपतिया (१९६३, पहिलो कथा), हंसा चलल परदेश (मैथिली टेलिफिल्म), ई हमरे कथा थिक, इतिहासक घाओ, डा. विमलका कथाहरू, फिस्टी रानी, कचनार के पेंड (१५ वर्षको उमेरमा), बन्धनबाट मुक्ति र लङ्का दहन (पाठ्यक्रममा समावेश) 

– पुरस्कार/सम्मान : जगदम्बाश्री पुरस्कार (२०६६), नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार 

(पहिलो प्राप्तकर्ता), मधुपर्क सम्मान (२०७६) । 


१४. परराष्ट्र मन्त्रालयद्वारा प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको फोरम कुन हो ? 

उत्तर : मोफा नलेज फोरम

– सुरुवात : विसं २०८३ साउन २०

– सञ्चालन गर्ने निकाय : परराष्ट्र मन्त्रालय (नेतृत्व : परराष्ट्रमन्त्री शिशिर खनाल),

– सञ्चालन अवधि : महिनामा एक पटक (मासिक कार्यक्रम) ।


१५. जापानको आइची र नागोयामा हुने २० औँ एसियाली खेलकुदमा नेपाल सहभागी हुने खेलको सङ्ख्या कति रहेको छ ?  

उत्तर : २२ खेल 

– प्रतियोगिता सञ्चालन मिति : ३–१८ असोज, २०८३ (सन् २०२६ सेप्टेम्बर १९–अक्टोबर ४)

– आयोजक राष्ट्र/सहर : आइची र नागोया, जापान

– नेपालबाट सहभागी हुने खेलाडी सङ्ख्या : १३६ जना (८० पुरुष, ५६ महिला), 

– चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले एक रजत (कराँतेकी एरिका गुरुङ) र एक कांस्य (महिला कबड्डी) प्राप्त गर्न सफल भएको । 


१६. ‘जनताको हितभन्दा माथि कुनै पनि राजनीतिक उद्देश्य हुन सक्दैन’ भन्ने नेपाली राजनीतिज्ञ को हुन् ? 

उत्तर : पुष्पलाल श्रेष्ठ


१७. कोलम्बियामा ठुलो जनधनको क्षति हुने गरी शक्तिशाली भूकम्प कहिले गयो ? 

उत्तर : सन् २०२६ अगस्त १०

– ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको । 

– केन्द्रविन्दु र गहिराइ : सान होसे डेल पालमार, चोको क्षेत्र (गहिराइ : १०७ किमी)

– राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाद्वारा देशभर सङ्कटकाल घोषणा । अमेरिका, इजरायल, फ्रान्स, मेक्सिको, चिलीलगायतका राष्ट्रबाट 

सहयोगको प्रतिबद्धता । 


१८. नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को आयोजनाका लागि तय गरेको मिति कुन हो ?  

उत्तर : विसं २०८३ कात्तिक ९–मङ्सिर ५ (सन् २०२६ अक्टोबर २६–नोभेम्बर २१) 


१९. विश्व आदिवासी दिवस कहिले मनाउने गरिन्छ ? 

उत्तर : अगस्त ९ 

– ‘हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल मर्मका साथ ३२ औँ विश्व आदिवासी दिवस सन् २०२६ अगस्त ९ मा मनाइएको ।

– सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घ महासभाको निर्णय अनुसार यो दिवस मनाउन थालिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी