Hint Plus Notes Source: Gorkhapatra (original)
↗ Open Original 🖨️ Export PDF

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
मिति: १७ भदौ २०८३

१. नेपालको इतिहासमा अत्यन्तै अकल्पनीय र त्रासदीपूर्ण भोटेकोशी–रसुवागढी बाढी कहिले आएको हो ? 

उत्तर : विसं २०८३ भदौ १० 

विसं २०८३ भदौ १० गते (सन् २०२६ अगस्त २६) बिहान (करिब ८:४० बजे) बाढीको सूचना आएको केही क्षणमै रसुवामा भयानक हिमबाढी प्रवेश गरेको । 

नेपाल तथा चीनका वैज्ञानिकका अनुसार तिब्बतस्थित हिमक्षेत्रमा हिमपहिरो तथा हिमचट्टानले ल्हेन्देखोलालाई अवरुद्ध गर्दा ताल बनेको र पछि सोही ताल फुट्दा भोटेकोशी नदीमा भीषण बाढी आएको जनाइएको । 

रसुवागढी, टिमुरे बजार, स्याफ्रुबेँसी, वेत्रावती, त्रिशूली, देवीघाट एवं धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मका नदी तटीय क्षेत्रमा क्षति पुगेको । 

भोटेकोशी बाढीले निजी आवास, होटेल, पसल, गोदाम, बैङ्क तथा वित्तीय संस्था, विद्यालय, स्वास्थ्य संस्था र अन्य निजी व्यवसायमा क्षति पुर्‍याएको ।

 – तीन वटै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, स्वयंसेवकका साथै भारत, चीन र अन्य देशका विज्ञसमेत उद्धारमा संलग्न । उद्धार तथा खोजमा नेपाली सेना र निजी हेलिकोप्टरहरू प्रयोगमा ल्याइएको ।

रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रका निजी आवास, व्यापारिक संरचना, सवारीसाधन, सरकारी कार्यालय, जलविद्युत्, विद्युत् प्रसारण, सडक र पुलमा व्यापक क्षति पुगेको । पूर्ण क्षतिको विवरण आइनसके पनि आर्थिक क्षति दुई खर्बभन्दा बढी रहेको प्रारम्भिक आकलन गरिएको । क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि करिब सात खर्ब रुपियाँ लाग्ने अनुमान रहेको ।

बाढीले रसुवाको रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा बस्ती तथा व्यापारिक संरचनामा ठुलो क्षति पुर्‍याएको । रसुवागढी भन्सार, अध्यागमन कार्यालय, प्रहरी चौकी, सरकारी कार्यालय तथा निजी व्यवसायका भवन बाढीले क्षतिग्रस्त बनाएको । नदी किनारका घर, पसल र खेतीयोग्य जमिनसमेत बाढीको भेलमा परेका । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले वेत्रावती, त्रिशूली, देवीघाटलगायतका बजार र नदी किनारका बस्तीमा ठुलो क्षति पुर्‍याएको । 

बाढीले रसुवा, नुवाकोट र धादिङमा ३२ वटा पुल पूर्ण रूपमा बगेका र तीन वटा पुलमा आंशिक क्षति पुगेको । त्यस्तै करिब ४० किलोमिटर सडकमा क्षति पुगेको । सडक र पुल बगेपछि रसुवा, नुवाकोट र धादिङका धेरै क्षेत्रमा स्थलमार्गबाट आवतजावत पूर्ण रूपमा प्रभावित भएको ।

बाढीले रसुवागढी भन्सार यार्डमा राखिएका करिब पाँच सय नयाँ सवारीसाधन बगाएको । 

विभिन्न १२ जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब ४३१ मेगावाट विद्युत् उत्पादन बन्द भएको । रसुवागढी, त्रिशूली क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाका उत्पादनगृह, पहुँचमार्ग र प्रसारण संरचनामा क्षति पुगेको । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ भदौ १६ गते बिहानसम्म ९८७ जनाको शव फेला परेको र तीन हजार ९१६ जना सम्पर्कविहीन भएको जनाइएको । यस अवधिसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको । 

सुरक्षाकर्मी परिचालन : २१,०११ (नेपाली सेना : आठ हजार ८९६ जना, नेपाल प्रहरी : सात हजार ९१२ जना, सशस्त्र प्रहरी बल नेपाल : चार हजार २०३ जना) 


रसुवागढी नाकाबाट करिब १८ किलोमिटर चीनतर्फ ल्हेन्देखोलाको बहाब थुनिएर ठुलो ताल (११ हेक्टर) बनेपछि भोटेकोशीमा फेरि बाढीको जोखिम देखिएको । 

२. नेपाल–चीन सिमानास्थित भोटेकोशी–ल्हेन्देखोलामा आएको भीषण बाढीका कारण प्रभावित जिल्लाका स्थानीय तहलाई कति समयका लागि ‘विपत् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएको छ ?

तीन महिना

विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा : विसं २०८३ भदौ ११ गते

बाढी आएको : विसं २०८३ भदौ १० गते

विनाशकारी बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, वेत्रावती, त्रिशूलीलगायत धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासीसम्म क्षति पुगेको । 

विपत् सङ्कटग्रस्त घोषित क्षेत्र (राजपत्रमा प्रकाशित, २०८३ भदौ ११)


३. नेपालमा राष्ट्रिय पुस्तकालय दिवस कहिले मनाइन्छ ? 

उत्तर : भदौ १५

विसं २०८३ को आदर्श वाक्य : हाम्रो पुस्तकालय : हाम्रो भविष्य । 

नेपालमा पुस्तकालय स्थापनासम्बन्धी कानुनमा विसं १८६९ भदौ १५ गते लालमोहर लगाइएको ऐतिहासिक दिनको स्मृतिमा नेपाल सरकारद्वारा विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते यो दिवस मनाउन सुरु गरिएको ।

४. सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधन कहिले भएको हो ? 

उत्तर : विसं २०८३ भदौ ३ 

५. ‘जित्नेहरूले कहिल्यै हार मान्दैनन् र हार मान्नेले कहिल्यै जित्दैनन्’ भन्ने विद्वान् को हुन् ? 

उत्तर : विन्स लोम्बार्डी 

६. अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड ग्लोबल वुमन–२०२६’ को उपाधि जित्ने नेपाली सुन्दरी को हुन् ?

उत्तर : प्रतीक्षा थापा

उनले मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार–२०२६ मा नेपालको प्रतिनिधित्व गर्दै यो उपाधि जितेकी । 

३२ वर्षीय प्रतीक्षा थापाले म्यानमारमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा मुख्य उपाधिसँगै ‘मिसेस ग्ल्यामर’ को सबटाइटलसमेत जितेकी ।

प्रतियोगितामा नेपालको तर्फबाट राष्ट्रिय निर्देशकका रूपमा सहभागी ओशिमा बानुले ‘बेस्ट नेसनल डाइरेक्टर अवार्ड’ प्राप्त गरेकी ।

७. सरु सङ्गीत राष्ट्रिय पुरस्कार–२०८३ कसलाई प्रदान गरियो ? 

उत्तर : वरिष्ठ गायिका मीरा राणा 

नेपाली आधुनिक गीत/सङ्गीतका क्षेत्रमा विगत छ दशकदेखि पुर्‍याउँदै आएको योगदानको कदरस्वरूप राणालाई सो पुरस्कार प्रदान गरिएको । 

८. नर्वेका राजा हेराल्डको निधन कहिले भएको हो ? 

उत्तर : सन् २०२६ अगस्त २८ (८९ वर्षको उमेरमा)

उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वत: नर्वेको नयाँ राजा बनेका । 

९. नेपाल टेलिकमले हालै समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको कुन प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोर–जी सेवा सञ्चालनमा ल्याएको छ ? 

उत्तर : बाजुराको बडीमालिका क्षेत्र (उद्घाटन : विसं २०८३ भदौ ८)

सञ्चारको पहुँचबाट टाढा रहेको बाजुराको भौगोलिक रूपमा विकट बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरी सफलतापूर्वक फोर–जी सेवा सञ्चालनमा ल्याएको छ, जसले यस क्षेत्रमा आउने तीर्थयात्री, पर्यटक र स्थानीयलाई राहत दिनुका साथै आकस्मिक उद्धार तथा पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको । 

१०. ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार विसं २०९२ भित्र नेपालमा  कुल कति विद्युत् उत्पादन गर्ने लक्ष्य छ ? 

उत्तर : २८,५०० मेगावाट

मुख्य लक्ष्य : 

कुल विद्युत् उत्पादन : २८,५०० मेगावाट

आन्तरिक खपत : १३,५०० मेगावाट

निर्यात लक्ष्य : १५,००० मेगावाट

प्रतिव्यक्ति ऊर्जा खपत : १५०० किलोवाट आवर (हाल ४५० युनिट)

११. नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो ? 

उत्तर : सन् २०२६ अप्रिल १० 

५० वर्षभन्दा लामो अन्तरालपछि चन्द्रमाको कक्षमा पुगेर फर्किएको नासाको ‘आर्टेमिस–२’ मिसनका चार अन्तरिक्ष यात्री बोकेको ‘ओरायन’ अन्तरिक्ष यान–१० अप्रिल २०२६ का दिन प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको । 

यस मिसनले अन्तरिक्ष यात्रामा नयाँ रेकर्ड कायम गरेको । अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट करिब ४,०६,७७१ किलोमिटर (२,५२,७५६ माइल) टाढा पुगेका थिए, जसले सन् १९७० मा ‘अपोलो १३’ मिसनले राखेको सबैभन्दा टाढा पुग्ने मानव यात्राको कीर्तिमानलाई तोडेको ।

१२. ‘दी डार्क क्लाउड’ नामक औपन्यासिक कृतिका सर्जक को हुन् ?

उत्तर : बङ्गलादेशी लेखिका जहाँआरा 

१३. जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ ‘जैविक विविधता रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना कहाँ गरियो ?

उत्तर : दिक्तेल रूपाकोट मझुवागढी नपा, खोटाङ

आयोजना मिति : विसं २०८३ वैशाख ४–६

१४. विसं २०८३ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ? 

उत्तर : २५७० औँ 

१५. ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क–२०२६’ मा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ ?

उत्तर : ८७ औँ स्थानमा (यो दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा उत्कृष्ट स्थान हो) ।

१६. नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएबापत अन्तर्राष्ट्रिय संस्था  ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ बाट ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल नेपाली फोटो पत्रकार को हुन् ?

उत्तर : प्रदीपराज वन्त (सन् २०२६)

१७. २०८२ सालको प्रतिष्ठित ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

उत्तर : वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ (कृति : नेपाल गाथा) 

१८. विश्व स्वास्थ्य सङ्गठनको ७९ औँ विश्व स्वास्थ्य महासभा (सन् २०२६) मा नेपाल कुन पदमा निर्वाचित भएको छ ?

उत्तर : उपाध्यक्ष

प्रस्तुतकर्ता : टङ्क केसी