Hint Plus Notes Source: Gorkhapatra (original)
↗ Open Original 🖨️ Export PDF

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
मिति: २७ साउन २०८३

 १. नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली एकदिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त ग¥यो ? 

उत्तर : सन्दीप लामिछाने 

विसं २०८३ साउन २५ गते उहाँ दोस्रो पटक राष्ट्रिय टोलीको कप्तान बन्नुभयो, 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले ज्ञानेन्द्र मल्लको स्थानमा पहिलो पटक २०७८ मङ्सिर २९ गते उहाँलाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो,  

रोहित पौडेलले चार वर्ष नेपालका लागि कप्तानी गर्नुभएको थियो । उहाँको कप्तानीमा नेपालले ओडिआई मान्यता जोगाउनुका साथै विश्वकप छनोट र दुई पटक टी–२० विश्वकप खेलेको थियो,

क्यानले टी–२० आईको कप्तानमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई यसअघि नै नियुक्त गरेको ।


२. अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबी) को विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली कति औँ स्थानमा रहन सफल भएको छ ? 

उत्तर : ८३ औँ 

अन्तर्राष्ट्रिय भलिबल महासङ्घको विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली ५७ स्थानको छलाङ मार्दै ८३ औँ स्थानमा प्रवेश गर्न सफल भएको,

यस ऐतिहासिक उपलब्धिसँगै नेपालले आगामी दिनमा एसियाली च्याम्पियनसिपदेखि ओलम्पिक छनोटसम्मका साथै एफआइभिबी र एभिसीले आयोजना गर्ने आधिकारिक तथा छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको ।


३. नेपाल राष्ट्र बैङ्कद्वारा केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सिबिडिसी) सम्बन्धी अवधारणापत्र कहिले सार्वजनिक गरिएको हो ? 

उत्तर : विसं २०८३ साउन २४ 

डिजिटल करेन्सी प्रयोगले पाँच वर्षमा ५० प्रतिशत नोट छपाई घटी रु. चार अर्ब ७३ करोड बचत र पुँजीगत खर्चमा टेवा पुग्ने जनाइएको,

जाली नोटको जोखिम घट्ने र सुरक्षित डिजिटल भुक्तानी सुविधा, आमनागरिकले सहज रूपमा चलाउन सक्ने डिजिटल मुद्रा ।


४. दोस्रो बागमती कार्ययोजनाको अवधि कुन हो ? 

उत्तर : विसं २०८२–२१०२

अनुमानित बजेट : रु. दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख रुपियाँ,

कार्ययोजनाको अवधि : आगामी २० वर्ष (जसलाई चार चरणमा विभाजन गरिएको छ) पहिलो चरण : चालु आवदेखि पाँच वर्ष 

दोस्रो चरण :  ६–१० वर्ष (पहिलो मध्यावधि) 

तेस्रो चरण : ११–१५ वर्ष (दोस्रो मध्यावधि)

चौथो चरण : १६–२० वर्ष (दीर्घकालीन)

समेटिएको क्षेत्र : बागमती र यसका सहायक नदीको जलाधार क्षेत्रले ओगटेको ३१४.२ वर्गकिलोमिटर क्षेत्र,

क्षेत्रगत वर्गीकरण : जलाधार पर्यावरण र सहरी वृद्धि परिदृश्यका आधारमा संरक्षित क्षेत्र, उपसहरी क्षेत्र र सहरी क्षेत्र गरी तीन भागमा वर्गीकरण । 


५. भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड, २०८३ बाट सम्मानित हुने शिक्षक को को हुनुहुन्छ ?  

उत्तर : अन्जना महर्जन (नेपाली, मङ्गल मावि कीर्तिपुर), शर्मिला प्रधान (अङ्ग्रेजी, मङ्गल मावि कीर्तिपुर), राजकुमार कँडेल (गणित, नारायणी नमुना मावि चितवन), प्रकाश आचार्य (सामाजिक अध्ययन, श्रम राष्ट्रिय मावि टुसाल काठमाडौँ) र मुकुन्दप्रसाद काफ्ले (विज्ञान, श्रम राष्ट्रिय मावि टुसाल काठमाडौँ)

पुरस्कार राशि : जनही दुई लाख २२ हजार २२२ रुपियाँ । 

पुरस्कार प्रदान गर्ने संस्था : भिपी अग्रवाल साइन्स फाउन्डेसन


६. नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ ले कति बुँदे ‘टोकियो घोषणापत्र’ जारी ग¥यो ?

उत्तर : नौबुँदे

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित सो सम्मेलनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन र प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरण मुख्य विषय रहेका, 

महासङ्घ, जापान शाखाको आयोजना, सबै वैदेशिक शाखाको सहआयोजना तथा नेपाल–अमेरिका र नेपाल–अस्ट्रेलिया पत्रकार सङ्घको सहकार्य,

प्रवासमा रहेका पत्रकारको ज्ञान र सिपलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने प्रतिबद्धता,

विदेशमा कार्यरत पत्रकारको सम्मानार्थ ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय ।

७. नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन कहिले भएको हो ?

उत्तर : विसं २०८३ साउन १२ 


८. संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो ५९ वर्ष लामो सदस्यता त्याग गर्दै पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र ओपेक प्लसबाट कहिले बाहिरिएको हो ? 

उत्तर : सन् २०२६ मे १ (सन् २०२६ अप्रिल २८ मा बाहिरिने घोषणा गरेको थियो ।)

करिब छ दशक लामो आबद्धता अन्त्य गर्दै युएई ओपेकबाट बाहिरिने ठुलो अर्थतन्त्र भएको पहिलो खाडी राष्ट्र बनेको छ, जसले विश्व ऊर्जा राजनीतिमा नयाँ तरङ्ग ल्याएको,

ओपेकले तोकेको कूटनीतिक उत्पादन कोटाभन्दा आफ्नो क्षमता अनुसार तेलको उत्पादन बढाएर आर्थिक लाभ लिने र राष्ट्रिय हितलाई प्राथमिकता दिने दीर्घकालीन रणनीतिस्वरूप युएईले यो कदम चालेको,

युएईको यो बहिर्गमनले विश्व बजारमा ओपेकको पकड तथा मध्यपूर्वी ऊर्जा समीकरणमा प्रभाव पर्ने विश्लेषकको ठम्याइ रहेको ।


९. सिङ्गापुरमा सम्पन्न ‘एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता’ को उपाधि जित्ने राष्ट्र कुन हो ?

उत्तर : नेपाल (१९ रनले विजयी)

खेल सञ्चालन मिति : सन् २०२६ मे ३१–जुन ८  

आयोजक : सिङ्गापुर 

सिङ्गा ओभल मैदानमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा दुई विकेट गुमाई ११४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सो समयमा डिएलएस नियम अनुसार नेपाल १९ रनले अगाडि रहेकाले विजेता घोषित भएको,

यो फाइनल खेल नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको १०० औँ टी–२० अन्तर्राष्ट्रिय खेल थियो, जुन आफैँमा एउटा महìवपूर्ण व्यक्तिगत कीर्तिमान हो,

प्रतियोगितामा उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले फाइनलमा ४० बलमै आठ चौका र तीन छक्कासहित ६५ रन बनाउनुभयो । यसै छनोट प्रतियोगितामा उहाँले दुई शतक प्रहार गर्नुभएको, यस जितसँगै छनोट प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान आगामी एसियन गेम्सका लागि छनोट भएका ।


१०. आसियन डे कहिले मनाउने गरिन्छ ? 

उत्तर : अगस्त ८ 

सन् १९६७ अगस्त ८ मा आसियानको स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाइने,

पाँच संस्थापक : थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर र फिलिपिन्स, 

हाल यसमा कुल ११ सदस्य राष्ट्र रहेका, 

११ औँ सदस्य राष्ट्र : टिमोर लेस्टे ।  


११. साउदी अरब, पाकिस्तान र टर्कीबिच सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यसाथ ‘मक्का संयुक्त रक्षा सम्झौता’ कहिले भएको हो ? 

उत्तर : सन् २०२६ अगस्त ७

सम्झौता अनुसार कुनै एक सदस्य राष्ट्रमाथि हुने आक्रमणलाई तिनै राष्ट्रमाथिको आक्रमण मानिने व्यवस्था गरिएको । 


१२. बाल्टिक सागर पौडिएर पार गर्दै ऐतिहासिक कीर्तिमान कायम गर्ने पौडीबाज को हुन् ? 

उत्तर : बार्तोमेइ कुब्कोव्स्की (पोल्यान्डका पौडीबाज)

उहाँले बाल्टिक सागरमा लगातार ५६ घण्टासम्म पौडी खेल्दै (करिब १६० किलोमिटर) सो ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको, 

उहाँ स्विडेनदेखि पोल्यान्डसम्म बाल्टिक सागर पौडी खेलेर पार गर्ने पहिलो व्यक्ति बन्नुभएको । 


१३. वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन कहिले भएको हो ?  

उत्तर : विसं २०८३ साउन २६ गते

जन्म : विसं २००४ साउन ११ 

योगदान एवं विधा : नेपाली, मैथिली, हिन्दी र अङ्ग्रेजी (कथा, कविता, गीत तथा अन्य) 

चर्चित कृति तथा पाठ्यक्रम : विपतिया (१९६३, पहिलो कथा), हंसा चलल परदेश (मैथिली टेलिफिल्म), ई हमरे कथा थिक, इतिहासक घाओ, डा. विमलका कथाहरू, फिस्टी रानी, कचनार के पेंड (१५ वर्षको उमेरमा), बन्धनबाट मुक्ति र लङ्का दहन (पाठ्यक्रममा समावेश) 

पुरस्कार/सम्मान : जगदम्बाश्री पुरस्कार (२०६६), नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार 

(पहिलो प्राप्तकर्ता), मधुपर्क सम्मान (२०७६) । 


१४. परराष्ट्र मन्त्रालयद्वारा प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको फोरम कुन हो ? 

उत्तर : मोफा नलेज फोरम

सुरुवात : विसं २०८३ साउन २०

सञ्चालन गर्ने निकाय : परराष्ट्र मन्त्रालय (नेतृत्व : परराष्ट्रमन्त्री शिशिर खनाल),

सञ्चालन अवधि : महिनामा एक पटक (मासिक कार्यक्रम) ।


१५. जापानको आइची र नागोयामा हुने २० औँ एसियाली खेलकुदमा नेपाल सहभागी हुने खेलको सङ्ख्या कति रहेको छ ?  

उत्तर : २२ खेल 

प्रतियोगिता सञ्चालन मिति : ३–१८ असोज, २०८३ (सन् २०२६ सेप्टेम्बर १९–अक्टोबर ४)

आयोजक राष्ट्र/सहर : आइची र नागोया, जापान

नेपालबाट सहभागी हुने खेलाडी सङ्ख्या : १३६ जना (८० पुरुष, ५६ महिला), 

चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले एक रजत (कराँतेकी एरिका गुरुङ) र एक कांस्य (महिला कबड्डी) प्राप्त गर्न सफल भएको । 


१६. ‘जनताको हितभन्दा माथि कुनै पनि राजनीतिक उद्देश्य हुन सक्दैन’ भन्ने नेपाली राजनीतिज्ञ को हुन् ? 

उत्तर : पुष्पलाल श्रेष्ठ


१७. कोलम्बियामा ठुलो जनधनको क्षति हुने गरी शक्तिशाली भूकम्प कहिले गयो ? 

उत्तर : सन् २०२६ अगस्त १०

७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको । 

केन्द्रविन्दु र गहिराइ : सान होसे डेल पालमार, चोको क्षेत्र (गहिराइ : १०७ किमी)

राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाद्वारा देशभर सङ्कटकाल घोषणा । अमेरिका, इजरायल, फ्रान्स, मेक्सिको, चिलीलगायतका राष्ट्रबाट 

सहयोगको प्रतिबद्धता । 


१८. नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को आयोजनाका लागि तय गरेको मिति कुन हो ?  

उत्तर : विसं २०८३ कात्तिक ९–मङ्सिर ५ (सन् २०२६ अक्टोबर २६–नोभेम्बर २१) 


१९. विश्व आदिवासी दिवस कहिले मनाउने गरिन्छ ? 

उत्तर : अगस्त ९ 

‘हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल मर्मका साथ ३२ औँ विश्व आदिवासी दिवस सन् २०२६ अगस्त ९ मा मनाइएको ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घ महासभाको निर्णय अनुसार यो दिवस मनाउन थालिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी