१. इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा प्रकाशित ग्लोबल पिस इन्डेक्स २०२६ को प्रतिवेदन अनुसार नेपाल विश्व शान्ति सूचकाङ्कमा कतिऔँ स्थानमा छ ?
उत्तर : १११ औँ
२. नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि सरकारले पछिल्लो पटक कहिलेसम्मको समय थप गर्न राष्ट्र सङ्घसमक्ष अनुरोध गरेको छ ?
उत्तर : सन् २०३०
– सन् १९७१ मा विश्वका प्रतिव्यक्ति आय कम भएका ५२ वटा देशलाई अल्पविकसित मुलुकको सूचीमा समावेश गरिएको थियो ।
– स्तरोन्नति हुनका लागि तीन मुख्य सूचक (पिसिआई, एचएआई र इभिआई) मध्ये कुनै दुई सूचक पूरा गर्नुपर्ने प्रावधान छ ।
– विशेष प्रावधान : यदि कुनै देशको प्रतिव्यक्ति आय तोकिएको सीमाको तेब्बर अर्थात् ३,९१८ अमेरिकी डलर पुगेमा एउटै सूचकका आधारमा पनि स्तरोन्नति हुन सकिन्छ ।
– यस लक्ष्यका आधारमा हालसम्म आठ वटा देश स्तरोन्नति भइसकेका छन् । हाल अतिकम विकसित राष्ट्रको सङ्ख्या ४४ रहेको छ ।
३. २० औँ एसियाली खेलकुद (एसियाड) कहिले र कहाँ हुने भएको छ ?
उत्तर : सन् २०२६ सेप्टेम्बर १९–अक्टोबर ४, जापान
– २० औँ एसियाडमा नेपाल २३ खेलमा सहभागी हुने जनाइएको ।
४. त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा कसलाई नियुक्त गरियो ?
उत्तर : प्राडा भोला थापा
– विसं २०८३ असार १९ मा त्रिविसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको ।
विश्वविद्यालय उपकुलपति
सुदूरपश्चिम विश्वविद्यालय किसन दत्त भट्ट
मध्यपश्चिम विश्वविद्यालय राजन सुवाल
कृषि तथा वन विश्वविद्यालय ऋषिराम कट्टेल
राजर्षि जनक विश्वविद्यालय श्यामनारायण लाभ
पोखरा विश्वविद्यालय देवेन्द्र अधिकारी
पूर्वाञ्चल विश्वविद्यालय सुजनबाबु मरहट्टा
५. १३ औँ म्युजिक खबर अवार्डमा ‘म्युजिक खबर दीर्घ साधना सम्मान– २०८२’ बाट सम्मानित हुने कलाकार को हुनुहुन्छ ?
उत्तर : वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा
– विशिष्ट सम्मान – गीतकार उन्नति शिला बोहोरा
– रजत सङ्गीत सम्मान – गीतकार विजय सिवाकोटी
– दशक सङ्गीत सम्मान – गायक शिव परियार र गायिका कालिका रोकामगर
– म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान – पत्रकारद्वय कुवेर गिरी र गोपीकृष्ण चापागाईं
– अवार्ड समारोहमा विविध विधाका प्रतिभालाई सम्मान गरिएको ।
६. विज्ञापन नीति २०८३ कहिले स्वीकृत गरिएको हो ?
उत्तर : विसं २०८३ असार १८
– स्पोन्सर कन्टेन्ट तथा इन्फ्लुएन्सर मार्केटिङको स्वघोषणा गर्न लगाउने – दुई वर्ष
– स्टार्टअप बिजनेस तथा साना व्यवसायीलाई निश्चित रकमसम्म सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा विज्ञापन गर्न दिने व्यवस्था मिलाउने– दुई वर्ष
– विदेशी वस्तु तथा सेवाको कारोबारबाट निश्चित प्रतिशत रकम उपभोक्ता सचेतनामूलक कार्यक्रम अनिवार्य सञ्चालनमा खर्च गर्नुपर्ने व्यवस्था गर्ने– दुई वर्ष
– स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई विज्ञापन खर्चमा सहुलियत दिने व्यवस्था गर्ने – एक वर्षभित्र
– सरकारले एकीकृत सूचना व्यवस्थापन प्रणालीमार्फत विज्ञापनको दररेट निर्धारण गर्ने – दुई वर्ष भित्र
– विज्ञापन एजेन्सीलाई कार्यप्रकृतिका आधारमा वर्गीकरण गर्ने निरन्तर
७. कुमारी हिमाल भनी माछापुच्छ«ेलाई चिनिन्छ भने सेतो हिमाल भनी कुन हिमाललाई चिनिन्छ ?
उत्तर : धौलागिरि
८. एसियाली विकास बैङ्कका अध्यक्ष मासातो कान्डाद्वारा हालै नेपालको तीन दिवसीय भ्रमण कहिले सम्पन्न भएको हो ?
उत्तर : विसं २०८३ असार २१–२३ (सन् २०२६ जुलाई ५–७)
– प्रधानमन्त्री वालेन्द्र शाह र एडिबीका अध्यक्षबिच नेपालको जलविद्युत्, पर्यटन, डिजिटलाइजेसन र सडक पूर्वाधारको क्षेत्रमा दीर्घकालीन सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको ।
९. उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सम्मेलन हालै कहाँ आयोजना गरियो ?
उत्तर : अङ्कारा, टर्की (सन् २०२६ जुलाई ७–८)
– सम्मेलनमा नेटोका सबै ३२ सदस्य राष्ट्रका नेता सहभागी भएका ।
१०. सरकारले एक सयभन्दा ठुला दरका भारु नोट नेपालमा चलनचल्तीमा ल्याउने निर्णय कहिले गरेको हो ?
उत्तर : विसं २०८२ मङ्सिर २९
– सरकारले सन् २०१६ नोभेम्बर ९ यता निष्कासन भएका दुई सय तथा पाँच सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको तर सन् २०१६ नोभेम्बर ९ अगाडिका नोट भने चल्ने छैनन् ।
– २०८२ मङ्सिर २९ को मन्त्रीपरिषद् बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको ।
– सन् २०१६ मा भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय भारु भन्दामाथिका नोट नेपालमा चल्दैन थियो ।
११. नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ?
उत्तर : कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच)
१२. नेपालको दोस्रो स्याटलाइट–मुनाल कहिले प्रक्षेपण गरियो ?
उत्तर : विसं २०८२ पुस २८ (सन् २०२६ जनवरी १२)
१३. राष्ट्रिय रेसम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
उत्तर : विसं २०८२ पुस २६, काठमाडौँ
– सम्मेलनले नेपालमा रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य भएको र दिगो राष्ट्रिय क्षेत्रका रूपमा पुनस्र्थापना गर्ने लक्ष्य राखेको ।
– सम्मेलनमा सरकार, निजी क्षेत्र, बैङ्क, लगानीकर्ता, गैरआवासीय नेपाली, किसान र उद्यमीहरू उपस्थिति रहेका ।
१४. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो ?
उत्तर : डिसेम्बर २७
१५. नेपालको कुन ठाउँमा कृषि आनुवांशिक केन्द्र (जिन बैङ्क) स्थापना गरिएको छ ?
उत्तर : ललितपुरको खुमलटार
१६. पेरुको नयाँ राष्ट्रपतिमा चयन हुन सफल राजनीतिज्ञ को हुनुहुन्छ ?
उत्तर : केइको फुजिमोरी (सन् २०२६ जुलाई ३)
– निर्वाचन प्रमुख रोबर्टो बुर्नेओद्वारा फुजिमोरीलाई राष्ट्रपति तथा लुइस फर्नान्डो गालारेटालाई प्रथम उपराष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिएको ।
– दिवङ्गत पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी ५१ वर्षीय केइकोले जुलाई २८ मा अन्तरिम राष्ट्रपति होसे मारिया बाल्काजारबाट पदभार ग्रहण गर्नुहुने छ ।
१७. कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आव २०८२/८३ मा सो प्रदेशको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरिएको छ ?
उत्तर : २.९४ प्रतिशत
१८. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?
उत्तर : धादिङ (११ गाउँपालिका)
१९. सरकारद्वारा राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ कहिले स्वीकृत गरिएको हो ?
उत्तर : विसं २०८२ साउन १८
– नेपाली श्रमिकको मानव अधिकारको संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चित, श्रमिकको सिप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा पुन:एकीकरणमा जोड दिनु नीतिको प्रमुख उद्देश्य रहेको ।
– नीतिमा वैदेशिक रोजगारीमा जाने अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण र व्यवस्थापन, विदेशी श्रमिकको नियमन, महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक श्रमिकप्रति संवेदनशील नीति र कार्यक्रमको व्यवस्था गरिएको ।
– श्रम आप्रवासन क्षेत्रका समस्या, चुनौती र जोखिमलाई सम्बोधन गर्दै यो नीतिले श्रम आप्रवासनलाई प्रतिफलयुक्त बनाइ प्राप्त विप्रेषणलाई उत्पादन र उद्यमशीलता केन्द्रित गरी समृद्धिको आधार बनाउने मार्गचित्र प्रस्तुत गरेको ।
– नीति अन्तर्गत वैदेशिक रोजगार ऐन तथा नियमावलीको संशोधन, श्रम कूटनीति सबलीकरण, एकद्वार प्रणालीको विकास, सिप प्रमाणीकरण, उद्यमशीलता प्रवर्धन तथा सामाजिक सुरक्षा कार्यक्रमको पहुँच विस्तार गरिने व्यवस्था गरिएको ।
– यस नीतिले वैदेशिक रोजगार नीति, २०६८ लाई प्रतिस्थापन गरेको ।
प्रस्तुतकर्ता : टङ्क केसी