Source: Gorkhapatra (original)
Open Original 🖨️ Export PDF

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
मिति: १७ असार २०८३

 १. जी–७ को ५२ औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

उत्तर : सन् २०२६ जुन १५–१७, फ्रान्स

अध्यक्षता : फ्रान्स (राष्ट्रपति : इमानुयल म्याक्रोन)

विभिन्न नौ वटा घोषणापत्र जारी गरिएको; जसमा युक्रेन, मध्यपूर्व, एआई, क्यान्सर र लागुऔषध तस्करीविरुद्धको सहकार्य प्रमुख रहेका । 

२. चौथो राष्ट्रिय मिडिया सम्मेलन कहिले सम्पन्न भएको हो ? 

उत्तर : विसं २०८३ असार ६–७, बुटवल

सरकारी विज्ञापनसम्बन्धी वर्तमान नीति पुनरवलोकन गरी समानुपातिक तथा मापदण्डमा आधारित विज्ञापन वितरण प्रणाली लागु गर्नुपर्ने माग सम्मेलनले गरेको ।

तीन महिनाभित्र पाठक/दर्शक तथ्याङ्क सार्वजनिक गर्ने र एक वर्षभित्र स्वतन्त्र लेखापरीक्षण प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाइएको ।

लुम्बिनीलाई विश्व शान्ति तथा सूचना प्रविधिको केन्द्र बनाउन सञ्चार सङ्ग्रहालय र सञ्चारग्राम स्थापना गर्न तीनै तहका सरकारसँग संयुक्त पहलको माग गरिएको ।


३. दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शताब्दीपछिकै विनाशकारी भूकम्प कहिले गयो ? 

उत्तर : सन् २०२६ जुन २५ 

भेनेजुएलाले सन् १९०० पछिकै सबैभन्दा शक्तिशाली भूकम्पको सामना गरेको छ ।

क्यारेबियन तटीय सहर ‘मोरोन’ नजिकै १० किलोमिटरको कम गहिराइमा ७.२ र ७.५ म्याग्निच्युडका दुई ठुला भूकम्प गएको थियो ।

भूकम्पले तटीय राज्य ‘ला गुइरा’ सबैभन्दा बढी तहसनहस भएको । 

अमेरिकी संस्था (युयसजियस) का अनुसार यस भूकम्पमा परी दसौँ हजार मानिसले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ ।


४. योङ स्टार फाउन्डेसनद्वारा प्रदान गरिएको वर्ष २०८२ को ‘सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड’ बाट कसलाई सम्मानित गरियो ? 

उत्तर : रेनुका नगरकोटी

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा एपिएफ क्लबकी मिडफिल्डर रेनुका नगरकोटीलाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड प्रदान गरिएको छ । 

यस अवार्डसँगै उनले नगद रु. एक लाख प्राप्त गरेकी छन् ।

यो अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चसँगको सहकार्यमा योङ स्टार फाउन्डेसनले गत वर्षदेखि प्रदान गर्न सुरु गरेको यो अवार्ड गत वर्ष प्रीति राईले प्राप्त गरेकी छन् ।


५. राष्ट्रिय सहकारी महासङ्घ लि. नेपालको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ कहिले सम्पन्न भएको हो ? 

उत्तर : विसं २०८३ असार ६–७

आयोजना स्थल : ललितपुर । 

सम्मेलनले ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 


६. मधेश प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभासमक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ ? 

उत्तर : रु. ४१ अर्ब १३ करोड ८६ लाख 

बजेटका प्रमुख प्रावधान

७. यार्चागुम्बाको वैज्ञानिक नाम के हो ?

उत्तर : कोर्डिसेप्स सिनेन्सिस

यार्चागुम्बा लेपिडोप्रेभा वर्गको लाभ्रे किरा सङ्क्रमित भई उम्रने च्याउ हो । त्यसैले यसलाई बर्खे च्याउ र हिउँदे किराको सङ्ज्ञा पनि दिइएको छ । 

यार्चागुम्बालाई अङ्ग्रेजीमा क्याटरपिलर फङ्गस भनिन्छ । 

यार्चागुम्बा बहुचर्चित, बहुमूल्य र बहुगुणयुक्त जडीबुटी हो । चिनियाँ परम्परागत औषधीपद्धतिमा झन्डै दुई हजार वर्षदेखि नै यसलाई शक्तिवर्धक औषधीका रूपमा प्रयोगमा ल्याइएको अनुमान गरिन्छ । 

नेपालमा जीवनबुटीको नामबाट चिनिने यार्चागुम्बा तिब्बती भाषाको यार्चा कुनभु नामक शब्दबाट अपभ्रंश भई बनेको हो । तिब्बती भाषामा यार्चाकुन्भुको शाब्दिक अर्थ केलाउँदा ‘यार’ भनेको वर्षा, ‘चा’ भनेको घाँस, ‘कुन’ भनेको हिउँद र ‘भू’ भनेको किरा हुन्छ । 


८. मदन भण्डारी फाउन्डेसनद्वारा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ कसलाई प्रदान गरियो ? 

उत्तर : लेखक तथा अध्येता रमेश रुछेन राई (कृति : श्वेतशार्दूल) 

पुरस्कार : दुई लाख रुपियाँ नगद तथा सम्मानपत्र 


९. कर्पोरेट कमर्सियल भेइकल अवार्ड २०२६ कसलाई प्रदान गरियो ? 

उत्तर : फोटोन 


१०. तपाइँको कामले नै तपाइँको पहिचान बनाउँछ, बोलीले त केवल भ्रम मात्र उत्पन्न गर्छ भन्ने व्यक्तित्व को हुन् ?   

उत्तर : चिनियाँ धनाढ्य ज्याक मा


११. फिफा विश्वकपको इतिहासमा १००० औँ खेल कुन कुन देशबिच भयो ? 

उत्तर : जापान र ट्युनिसिया (सन् २०२६ जुन २१, २३ औँ विश्वकप अन्तर्गत)


१२. विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘दी मिसेस नेसनल–सिजन ४’ को उपाधि विजेता को हुन् ? 

उत्तर : पूजा साह

प्रतियोगितामा लक्ष्मी बोहोराले ‘दी मिसेस नेसनल प्लेटिना’ र अप्सरा सुवेदीले ‘दी मिसेस नेसनल क्लासिक’ को उपाधि हात पारेका । 


१३. फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई अनिश्चितकालका लागि कहिले निलम्बन गरेको हो ? 

उत्तर : सन् २०२६ जुन २४

एन्फा पदाधिकारीबिचको आन्तरिक कलहलगायतका कारण फिफाले एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो । 


१४. जुम्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कहिले गरिएको हो ?

उत्तर : विसं २०८३ असार १६

जिल्ला खोप समन्वय समितिको आयोजनामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।


१५. सुदूरपश्चिम प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभासमक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ ? 

उत्तर : रु. ३७ अर्ब ७० करोड ३९ लाख (आन्तरिक राजस्व : रु. एक अर्ब ७२ करोड)

बजेटका प्रमुख प्रावधान

आर्थिक अवस्था – अनुमानित आर्थिक वृद्धिदर ३.८५%, प्रतिव्यक्ति आय १,५५३ अमेरिकी डलर

कृषि अभियान – एक स्थानीय तह : दुई उत्पादन र 

पोखौँ पसिना देशमै हाँसेर अभियान; उत्कृष्टलाई भीमदत्त पन्त पुरस्कार

शैक्षिक अभियान – सानै छु म, बढ्न देउ; बालविवाह होइन पढ्न देउ अभियान; टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय

स्वास्थ्य क्षेत्र – मेरो स्वास्थ्य : मेरो जिम्मेवारी नारा; नसर्ने रोग न्यूनीकरण र स्वस्थ सहर अवधारणा

पर्यटन विकास – अपि, सुर्मा र सैपाल जोड्ने ट्रेकिङ ट्रेल; भम्केनी धाम विकासका लागि रु. १० करोड

रोजगारी तथा स्टार्टअप – प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम अन्तर्गत सहुलियत कर्जा र सिपमूलक तालिम

सुशासन र प्रविधि – अनुगमनका लागि अत्याधुनिक सिएम एक्सन रूम तथा कमान्ड सेन्टर सञ्चालन


१६. आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

उत्तर : सन् २०२१ जनवरी २२


१७. ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर कुन संस्थालाई चिनिन्छ ? 

उत्तर : एम्नेस्टी इन्टरनेसनल

स्थापना : सन् १९६१ जुलाई 

प्रधान कार्यालय :  लन्डन, बेलायत 


१८. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पु¥याउने लक्ष्य लिइएको छ ?

उत्तर : सन् २०३० सम्म


१९. विश्व आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तेस्रो शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?  

उत्तर : सन् २०२५ फेब्रुअरी १०–११, पेरिस 

दुईदिने यस सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञलगायतको सहभागिता रहेको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले अध्यक्षता गरेको यस सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहअध्यक्षका रूपमा उपस्थित थिए । 

पहिलो सम्मेलन : सन् २०२३, बेलायत

दोस्रो सम्मेलन : सन् २०२४, दक्षिण कोरिया 

तेस्रो सम्मेलन  : सन् २०२५, फ्रान्स 

यस पटक चिनियाँ एआई मोडल ‘डिपसिक’ को व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठुलो परिवर्तनका बिच यो सम्मेलन आयोजना भएको । 

पेरिस एआई सम्मेलनले आम प्रयोगकर्तालाई एआईमा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चित गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिएको छ ।


२०. विसं २०८३ असार १५ गते कति औँ राष्ट्रिय धान दिवस मनाइयो ? 

उत्तर : २३ औँ 

नारा : जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि

विसं २०६१ बाट मनाउन थालिएको छ । 

पहिलो राष्ट्रिय धान दिवसको नारा : धान नै जीवन हो (राइस इज लाइफ)

नेपालको प्रमुख खाद्य बाली : धान (दोस्रो : मकै, तेस्रो : गहुँ)

प्रस्तुतकर्ता : टङ्क केसी