१. सन् २०२६ जुनमा सार्वजनिक ‘हेन्ली पासपोर्ट इन्डेक्स–२०२६’ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
उत्तर : ९७ औँ
– सो सूची अनुसार सिङ्गापुरको पासपोर्ट विश्वकै शक्तिशाली बनेको, जहाँका नागरिकले १९२ देशमा
‘भिसा–फ्री’ (पूर्व भिसाबिना) प्रवेश पाउन सक्ने ।
– गत वर्ष (सन् २०२५ मा) १०१ औँ स्थानमा रहेको नेपाल यस वर्ष सुधार गर्दै ९७ औँ स्थानमा उक्लिएको छ ।
– सूचीको सबैभन्दा पुछार अर्थात् १०३ औँ स्थानमा अफगानिस्तान रहेको छ, जहाँका नागरिकले जम्मा २३ देशमा मात्र भिसाबिना प्रवेश पाउने छन् ।
– चीन ५६ औँ (८२ देश), भारत ७८ औँ (५७ देश) र पाकिस्तान एक सय औँ (३० देश) स्थानमा रहेका छन् ।
२. चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो ?
उत्तर : सन् २०२६ जुन ८/९
– भ्रमणको मुख्य उद्देश्य दुई देशबिचको परम्परागत मित्रताका बारेमा छलफल गर्नु र द्विपक्षीय सम्बन्धको समग्र विकासका विषयमा विचार आदानप्रदान गर्नु रहेको बताइएको छ ।
३. सिङ्गापुरमा सम्पन्न ‘एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता’ को उपाधि जित्ने राष्ट्र कुन हो ?
– नेपाल (१९ रनले विजयी)
– खेल सञ्चालन मिति : सन् २०२६ मे ३१ – जुन ८
– आयोजना : सिङ्गापुर
– सिङ्गा ओभल मैदानमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा दुई विकेट गुमाई ११४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सो समयमा डिएलएस नियम अनुसार नेपाल १९ रनले अगाडि रहेकाले विजेता घोषित भएको छ ।
– यो फाइनल खेल नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको एक सय औँ टी–२० अन्तर्राष्ट्रिय खेल थियो, जुन आफैँमा एउटा महìवपूर्ण व्यक्तिगत कीर्तिमान हो ।
– प्रतियोगितामा उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले फाइनलमा ४० बलमै आड चौका र तीन छक्कासहित ६५ रन बनाए । यसै छनोट प्रतियोगितामा उनले दुई सतक प्रहार गरेका छन् ।
– यस जितसँगै छनोट प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान आगामी एसियन गेम्सका लागि छनोट भएका हुन् ।
४. छायाछवि क्रियसनद्वारा आयोजित ‘१७ औँ डी सिने अवार्ड’ मा वर्ष २०८१ को उत्कृष्ट चलचित्रको उपाधि विजेता चलचित्र कुन हो ?
उत्तर : अञ्जिला
– उत्कृष्ट निर्देशक : मिलन चाम्स (अञ्जिला)
– उत्कृष्ट अभिनेता : विजय बराल (पूर्णबहादुरको सारङ्गी)
– उत्कृष्ट अभिनेतृ : स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली)
– चलचित्रकर्मी रजत सम्मान : निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेतृ निरुता सिंह
५. संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदन अनुसार पश्चिम एसियाको तनाव र ऊर्जा सङ्कटका कारण सन् २०२६ मा विश्वको आर्थिक वृद्धिदर र विश्वव्यापी मुद्रास्फीति क्रमश: कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?
उत्तर : आर्थिक वृद्धिदर : २.५ प्रतिशत र विश्वव्यापी मुद्रास्फीति : ३.९ प्रतिशत
– अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि महìवपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ र ऊर्जाको मूल्यवृद्धि भएको छ, जसका कारण विकासशील देशमा मुद्रास्फीति उच्च (५.२ प्रतिशतसम्म) पुग्ने र करोडौँ मानिसको जीवनयापन कठिन बन्न सक्ने जोखिम बढेको छ ।
– यस सङ्कटले पश्चिम एसियाको आर्थिक वृद्धिदर पनि खुम्चिएर १.४ प्रतिशत र युरोपेली सङ्घको १.१ प्रतिशतमा झर्ने अनुमान रहेको छ । अमेरिकाको अर्थतन्त्र तुलनात्मक रूपमा स्थिर (२ प्रतिशत) रहने र चीनले रणनीतिक भण्डारणका कारण केही राहत पाउँदै आफ्नो वृद्धिदर ४.६ प्रतिशत कायम राख्ने अनुमान गरिएको छ ।
६. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
उत्तर : २४ प्रतिशत
७. चीनको कुन अन्तरिक्ष अभियान अन्तर्गत तीन जना अन्तरिक्षयात्री २१० दिनको सफल अन्तरिक्ष बसाइँ सम्पन्न गरी हालै सकुशल पृथ्वीमा फर्किएका हुन् ?
उत्तर : सेन्झोउ–२१
– प्रक्षेपण : सन् २०२५ अक्टोबर ३१
– पृथ्वीमा अवतरण : सन् २०२६ मे २९
– सहभागी अन्तरिक्षयात्रीहरू : झाङ लु, वु फेई र झाङ होङझाङ
८. हालै फिलिपिन्सको मिन्डानाओ टापुनजिक समुद्रमा केन्द्रविन्दु बनाएर कति म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो ?
उत्तर : ७.८ म्याग्निच्युड (सन् २०२६ जुन ८)
९. विसं २०८३ मा प्रदान गरिएको मधुपर्क सम्मानबाट सम्मानित हुने स्रष्टा को को हुनुहुन्छ ?
उत्तर : पद्यतर्फ : अग्रज कवि एवं गीतकार यादव खरेल, गद्यतर्फ : कथाकार भाउपन्थी र मधुपर्क प्रतिभा : समालोचक गीता त्रिपाठी
१०. विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले पहिलो फिफा शान्ति पुरस्कार कसलाई प्रदान ग¥यो ?
उत्तर : डोनाल्ड ट्रम्प (सन् २०२५ डिसेम्बर)
११. अमेरिका, मेक्सिको र क्यानडाद्वारा संयुक्त रूपमा आयोजना गर्न लागिएको २३ औँ संस्करणको फिफा विश्वकपमा इतिहासमै पहिलो पटक कति राष्ट्र सहभागी हुँदै छन् ?
उत्तर : ४८ राष्ट्र
– खेल सञ्चालन : सन् २०२६ जुन ११ – जुलाई १९
– फिफाको इतिहासमै पहिलो पटक टोली सङ्ख्या ३२ बाट बढाएर ४८ राष्ट्र पु¥याइएको छ ।
– यस विश्वकपमा हरेक टोलीले अनिवार्य रूपमा २६ खेलाडी राख्नुपर्ने नयाँ नियमसँगै कुल एक हजार २४८ खेलाडीको सहभागिता हुने छ ।
– फुटबल इतिहासमै पहिलो पटक तीन वटा देश (अमेरिका, मेक्सिको र क्यानडा) ले संयुक्त रूपमा विश्वकपको आयोजना ।
– यस विश्वकपमा सर्वाधिक खेलाडी इङ्ग्लिस प्रिमियर लिग (दुई सय जना) बाट खेल्दै छन् भने एउटै क्लबको कुरा गर्दा म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ जना खेलाडीले आआफ्नो देशको प्रतिनिधित्व गर्दै छन् ।
१२. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?
उत्तर : फादर विलियम बर्क
१३. फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
उत्तर : साउदी अरब
१४. ‘तपाईंको आजको पीडा नै भोलिको तपाईंको शक्ति बन्ने छ ।’ भन्ने विद्वान् को हुन् ?
उत्तर : रोबर्ट टेभिस
१५. विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
उत्तर : बेलायत
१६. रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा सन् २०२६ मेमा प्रकाशित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?
उत्तर : ८७ (स्कोर : ५४.८०)
१७. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित सुपरजोन कति छन् ?
उत्तर : २१ (जोन : २०६, ब्लक: एक हजार ६९९ र पकेट : नौ हजार ३९३)
१८. सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले ‘हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२/२०८६’ कहिले स्वीकृत गरेको हो ?
उत्तर : विसं २०८२ मङ्सिर २८
१९. २२ औँ अन्तर्राष्ट्रिय कर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
उत्तर : विसं २०८२ मङ्सिर २/५ (सन् २०२५ नोभेम्बर १८/२१), काठमाडौँ
२०. नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ?
उत्तर : कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच)
२१. हाल नेपालमा बहुआयामिक गरिबी कति रहेको छ ?
उत्तर : १७.४ प्रतिशत (निरपेक्ष गरिबी : २०.२७ प्रतिशत), आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार
प्रस्तुतकर्ता : टङ्क केसी