Source: Gorkhapatra (original)
Open Original 🖨️ Export PDF

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
मिति: २० जेठ २०८३

१. हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को उपाधि विजेता टोली कुन हो ? 

उत्तर : रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसिबी)

उपविजेता : गुजरात टाइटन्स

खेल सञ्चालन मिति : सन् २०२६ मार्च २८–मे ३१

सहभागी टोली : १० (चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब किङ्ग्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, देल्ही क्यापिटल्स, लखनउ सुपर जायन्ट्स)

गत संस्करणमा पन्जाब किङ्ग्सलाई हराउँदै पहिलो पटक आइपिएल उपाधि जितेको बेङ्लुरुले यस पटक उपाधि रक्षा गर्दै इतिहास रचेको छ । आइपिएल इतिहासमा लगातार दुई पटक च्याम्पियन बन्ने बेङ्लुरु तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किङ्ग्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए ।

प्लेयर अफ दी म्याच (फाइनल) : विराट कोहली 

प्लेयर अफ दी टुर्नामेन्ट र अरेन्ज क्याप विजेता : वैभव सूर्यवंशी (राजस्थान रोयल्स) 

पर्पल क्याप विजेता (सर्वाधिक विकेट) : कागिसो रबाडा 

इमर्जिङ प्लेयर अफ दी सिजन : वैभव सूर्यवंशी 

क्याच अफ दी सिजन : मनीष पाण्डे 


२. हालै काठमाडौँमा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि कुन देशले जित्यो ? 

उत्तर : इरान

खेल सञ्चालन : विसं. २०८३ जेठ ८–१५ (सन् २०२६ मे २२–२९)

इरानले काजखस्तानलाई ३–१ सेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।

घरेलु टोली नेपाल तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग ३–१ ले पराजित हुँदै चौथो स्थानमा सीमित रहेको छ । 


३. विदेशमा रहेका नेपालीको गुनासो सम्बोधन र उद्धार कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एप कुन हो ? 

उत्तर : मोफा मित्र

उद्घाटन : विसं २०८३ जेठ १२

यस एपमार्फत प्रशासनिक झन्झटबिना नै विदेशमा रहेका नेपाली वा उनीहरूका आफन्तले सिधै सम्बन्धित देशको नेपाली दूतावासमा उजुरी र उद्धारको अपिल गर्न सक्ने छन् ।

एपले अत्यावश्यक एवं अप्ठ्यारो अवस्थामा समस्या समाधानका लागि ‘डिजिटल पुल’ को काम गर्ने छ ।


४. नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कहाँ सम्पन्न भयो ? 

उत्तर : कोलोराडो, अमेरिका 

सम्मेलनले नौबुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गरेको छ । 

सम्मेलनमा नौ जना महिला स्रष्टालाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित हुने स्रष्टाहरू : रेणुका सोलु (नेपाल), रिजा प्रधान (अस्ट्रेलिया), सीतादेवी बाँस्तोला (डेनमार्क), सवि श्रेष्ठ (पोर्चुगल), सीता अर्याल (अमेरिका), कमला न्यौपाने (अमेरिका), लक्ष्मी श्रेष्ठ (अमेरिका), आना स्टिर (अमेरिका) र विष्णु घले (अमेरिका) ।

सम्मेलनमा एक सयभन्दा धेरै पुस्तक विमोचन गरिएको छ । साथै, १४० भन्दा बढी साहित्यकारले आफ्नो रचना वाचन गरेका छन् । 

हरेक दुई वर्षमा प्रदान गरिने यो सम्मान तथा पुरस्कारको राशि दुई सय अमेरिकी डलर रहेको छ । 


५. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा विसं २०८३ जेठ १५ गते आव २०८३/८४ का लागि कति राशिको बजेट प्रस्तुत गरियो ?  

उत्तर : रु. २१ खर्ब २४ अर्ब ३४ करोड

यस बजेटको सङ्क्षिप्त झलक 

चालुतर्फ : रु. १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत)

पुँजीगततर्फ : रु. चार खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत), वित्तीय व्यवस्थापनतर्फ : रु. चार खर्ब २२ अर्ब ६४ करोड (१९.९ प्रतिशत) 

स्रोत व्यवस्थापन 

राजस्व : रु. १४ खर्ब पाँच अर्ब ३१ करोड

  वैदेशिक अनुदान : रु. ६१ अर्ब ७४ करोड 

  न्यून स्रोत : रु. छ खर्ब ५७ अर्ब

वैदेशिक ऋण : रु. दुई खर्ब ४७ अर्ब २८ करोड 

आन्तरिक ऋण : रु. चार खर्ब १० अर्ब  

वित्तीय हस्तान्तरण 

वित्तीय समानीकरण अनुदान : 

प्रदेश सरकार : रु. ६१ अर्ब ५० करोड 

स्थानीय तह : रु. ९० अर्ब २० करोड 

समपूरक अनुदान : 

प्रदेश सरकार : रु. चार अर्ब ६० करोड 

स्थानीय तह : रु. आठ अर्ब ९३ करोड 

विशेष अनुदान : 

प्रदेश सरकार : रु. तीन अर्ब ८२ करोड 

स्थानीय तह : रु. नौ अर्ब ४० करोड 

ससर्त अनुदान : 

प्रदेश सरकार : रु. ३९ अर्ब ७२ करोड 

स्थानीय तह : रु. २०६ अर्ब आठ करोड 

राजस्व बाँडफाँट : प्रदेश र स्थानीय तहलाई हस्तान्तरण : रु. एक खर्ब ७५ अर्ब  

यो बजेट आव २०८२/८३ को संशोधित बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।

बजेटका प्रमुख विशेषता/प्रावधान

सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य,

मुद्रास्फीति छ प्रतिशतभित्र सीमित गर्ने, 

सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न चक्रीय कोषको व्यवस्था, 

राष्ट्रसेवक कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत मासिक प्रोत्साहन भत्तासमेत गरी २१ प्रतिशत वृद्धि,  

मधेश प्रदेशमा मिर्गाैला उपचार तथा ट्रमा सेन्टर स्थापना,

स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सिङ कर्मचारीको रात्रिकालीन भत्ता दोब्बर,

सेयर बजारमा इन्ट्रा डे, सर्टसेल कारोबार सुरु गर्ने,

दलित समुदायका बालबालिकाका लागि विशेष पोषण भत्ताको व्यवस्था, 

विसं २०८५ लाई ‘भिजिट नेपाल वर्ष’ र २०८७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा,

२७३ थरी कच्चा मालवस्तुमा भन्सारदर घटाइने,

स्युचाटारमा पहिलो ‘एआई कम्प्युट’ केन्द्र स्थापना,

काठमाडौँ उपत्यकाको विकासका लागि भिजन–२०४०, 

सोभरेन वेल्थ फन्ड स्थापना, 

कालीगण्डकीमा शालिग्राम पथ निर्माण,

कृषि/पशुजन्य उत्पादनमा कम्तीमा दुई करोड लगानी गर्ने कृषकलाई ४० प्रतिशत अनुदान, 

३१ वटा निकाय खारेज गर्ने, छ निकाय गाभिने, १८ निकाय पुनर्संरचना,  

३६० वस्तुको उत्पादनमा लाग्ने अन्त:शुल्क खारेज,

सरकारी अस्पतालमा बालबालिकालाई क्यान्सरको नि:शुल्क उपचार, 

महिलाका लागि ब्लु बस सेवा,

११ तहको भन्सार दर ७ तहमा सीमित गर्ने,

एक नागरिक एक डिजिटल प्रोफाइल, 

सुदूरपश्चिममा ‘डाँफे रुट’ विकास गर्ने, 

तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बिमा,

विकास आयोजनाका लागि छुट्टै सनसेट कानुन,

आयकर छुटको सीमा दोब्बर, व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत घट्यो । 


६. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ? 

उत्तर : २४ प्रतिशत (गैरकृषि क्षेत्रको योगदान : ७६ प्रतिशत)


७. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कुन प्रदेशको रहेको छ ? 

उत्तर : बागमती (३६.७ प्रतिशत)

जिडिपीमा प्रदेशगत योगदान

बागमती (३६.७ प्रतिशत)

कोशी (१५.८ प्रतिशत)

लुम्बिनी (१४.२ प्रतिशत)

मधेश (१३.१ प्रतिशत)

गण्डकी (९.० प्रतिशत)

सुदूरपश्चिम (७.० प्रतिशत)

कर्णाली (४.२ प्रतिशत)


८. आव २०८३/८४ को बजेट अनुसार सरकारले कहिलेसम्ममा शतप्रतिशत नागरकिलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ?  

उत्तर : आगामी पाँच वर्षभित्र 


९. विश्वकै ठुलो शालिग्राम मूर्ति कहाँ रहेको छ ?

उत्तर : जोमसोमस्थित कालीगण्डकी तट (मुस्ताङ)

मूर्तिको उचाइ : २२ फिट 

उद्घाटन : विसं २०८३ जेठ १४ (विशाल शालिग्राम मूर्तिको धार्मिक विधिपूर्वक उद्घाटन गरिएको छ ।)


१०. लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो ‘ट्रान्सवुमन’ आरोही को हुन् ?

उत्तर : नीलम पौडेल (विसंं २०८३ जेठ ९)


११. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३ अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ? 

उत्तर : २७ (१६ वटा नोक्सानी र दुई वटा बन्द अवस्थामा) 


१२. नेपालमा सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आवधिक योजनाले अगाडि सारेको हो ?

उत्तर : नवौँ योजना


१३. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म निजामती सेवामा महिला कर्मचारीको हिस्सा कति रहेको छ ?  

उत्तर : ३० प्रतिशत 

विसं २०६५ असारसम्म निजामती सेवामा महिलाको हिस्सा १२.० प्रतिशत रहेकोमा २०८२ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका तीन तहका सरकारी निकायमा कार्यरत महिला कर्मचारीको सङ्ख्या ३०.० प्रतिशत पुगेको छ ।


१४. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

उत्तर : नेपाल पिक


१५. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ? 

उत्तर : आव २०८१/८२–२०८६/८७


१६. एजेन्टिक एआई भन्नाले के बुझिन्छ ? 

उत्तर : न्यूनतम मानवीय निगरानीमा स्वतन्त्र रूपमा वातावरण बुझ्न, निर्णय लिन र बहुचरणीय कार्य पूरा गर्न सक्ने अर्ध वा पूर्ण स्वायत्त एआई प्रणाली ।


१७. सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विदेशी आरोही को हुन् ? 

उत्तर : केन्टन कुल (बेलायत)

५२ वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले सन् २०२६ मे २२ मा २० औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।  


१८. संसद्को लोगोअङ्कित झन्डासहित हालै सगरमाथाको सफल आरोहण गर्ने सांसद को हुन् ?   

उत्तर : मिङ्मा ग्याबु शेर्पा (‘मिङ्मा डेभिड’) 

विसं २०८३ जेठ १३ मा उनले सो आरोहण गरेका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध सांसद हुन् ।   

उनको नाममा विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने विश्वकै सबैभन्दा कान्छो आरोहीको कीर्तिमान रहेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी