१. ७९ औँ कान्स फिल्म फेस्टिभल (२०२६) मा ‘अन सर्टेन रिगार्ड’ तर्फ जुरी प्राइज जितेर ऐतिहासिक रेकर्ड कायम गर्ने पहिलो नेपाली चलचित्र कुन हो ?
उत्तर : एलिफेन्ट्स इन दी फग (अविनाशविक्रम शाह निर्देशित)
– आयोजना मिति र स्थान : सन् २०२६ मे १२–२३, फ्रान्सको कान्स सहर
२. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा चीनको औपचारिक राजकीय भ्रमण कहिले भएको हो ?
उत्तर : सन् २०२६ मे १९–२०
– रुसी राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको दुईदिने राजकीय भ्रमण गर्नुभएको हो ।
– यो भ्रमणले चीन–रुस रणनीतिक साझेदारीको ३० औँ वर्षगाँठ र सन् २००१ को ‘मैत्री तथा असल छिमेकी सहयोग सन्धि’ को २५ औँ वर्षगाँठसँग संयोग
जुराएको हो ।
– मुख्य उपलब्धि : भ्रमणका क्रममा दुवै राष्ट्रप्रमुखद्वारा
‘बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ प्रकार’ निर्माण गर्ने विषयमा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरिएको साथै आर्थिक, व्यापारिक र शैक्षिक क्षेत्रमा दुई दर्जनभन्दा बढी द्विपक्षीय सम्झौता भएका छन् ।
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणलगत्तै भएको यस भ्रमणलाई विश्वशक्ति सन्तुलन र भूराजनीतिक समीकरणको दृष्टिकोणले विशेष महìवपूर्ण मानिएको छ ।
३. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विसं २०८३ जेठ ६ गते सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ उत्पादन (उपभोक्ताको मूल्यमा) कति हुने अनुमान गरिएको छ ?
उत्तर : ६६ खर्ब रुपियाँ
– राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै (३६.७ प्रतिशत) र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (४.२ प्रतिशत) रहेको छ ।
– बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहेको छ । मधेश प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम रहने प्रारम्भिक अनुमान छ ।
– राष्ट्रिय औसत प्रतिव्यक्ति आय १५१३ अमेरिकी डलर रहेको छ । बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा उच्च तथा मधेश प्रदेशको सबैभन्दा न्यून रहेको छ ।
४. महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी बेरुजु कुन प्रदेशको रहेको छ ?
उत्तर : मधेश प्रदेश (३.७७ प्रतिशत), सबैभन्दा कम : बागमती प्रदेश (०.८३ प्रतिशत)
५. कोशी प्रदेश सरकारले कुन अवधिलाई ‘कोशी प्रदेश भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ ?
उत्तर : विसं २०८३ साउन–२०८५ असार
– अघिल्लो ‘पर्यटन वर्ष २०८२’ अपेक्षित रूपमा सफल नभएपछि सरकारले ‘कोशी प्रदेश एकीकृत पर्यटन विकास गुरुयोजना’ निर्माण गरी दुईबर्से भ्रमण वर्ष मनाउने
भएको छ ।
– सरकारले हिल स्टेसन, ध्यान केन्द्र र धार्मिक सर्किटको विकास गर्ने; साहसिक पर्यटनलाई व्यवस्थित बनाउने र विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न पहल गर्ने नीति अघि सारेको छ ।
६. नेपालको ३३ औँ प्रधान न्यायाधीशमा को नियुक्त (विसं २०८३) हुनुभएको छ ?
उत्तर : डा. मनोजकुमार शर्मा
– संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधान न्यायाधीशमा अनुमोदित भएसँगै डा. शर्माले विसं २०८३ जेठ ५ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
– प्रधान न्यायाधीशका रूपमा डा. शर्माले छ वर्ष काम गर्नुहुने ।
– न्याय परिषद्ले भावी प्रधान न्यायाधीशका लागि छ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको थियो ।
७. नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन सबैभन्दा बढी आरोहीद्वारा सगरमाथा आरोहण कहिले गरियो ?
– विसं २०८३ जेठ ६
– जेठ ६ गते एकैदिन २७४ जना पवतारोही सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् ।
– यसअघि सन् २०१९ मा एकै दिन २२३ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए ।
८. पाँच दिनमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
उत्तर : तेन्जिङ डेभिड शेर्पा
– उहाँले विसं २०८३ जेठ ३ मा नुप्त्से, जेठ ६ मा सगरमाथा र जेठ ७ मा ल्होत्से हिमालको आरोहण पूरा गरी सो कीर्तिमान कायम गर्नुभएको हो ।
९. २०८२ सालको ‘गोकुल वाङ्मय पुरस्कार’ कसलाई प्रदान गर्ने निर्णय गरियो ?
उत्तर : साहित्यकार एवं राजनीतिज्ञ मोहनविक्रम सिंह
– गण्डकी साहित्य सङ्गमद्वारा स्थापित यो पुरस्कारको राशि ४० हजार रुपियाँ रहेको छ । समाजवादी यथार्थवाद धारामा साधना गर्ने स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले विसं २०५२ देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
१०. सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?
उत्तर : मुकेश डङ्गोल (विसं २०८३ जेठ ११)
११. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइने गरिन्छ ?
उत्तर : मे २२
– सन् २०२६ को नारा : विश्वव्यापी प्रभावका लागि स्थानीय पहल (एक्टिङ लोकल्ली फर ग्लोबल इम्प्याक्ट) ।
१२. विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा बढी आरोहण गर्ने दोस्रो कीर्तिमानी आरोही को हुन् ?
उत्तर : पासाङ दावा शेर्पा
– ३१ औँ आरोहण : विसं २०८३ जेठ ८ (सन् २०२६ मे २२), ३० औँ आरोहण : विसं २०८३ वैशाख ३१ (सन् २०२६ मे १४)
१३. प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार–२०२६’ प्राप्त गर्न सफल कृति कुन हो ?
उत्तर : ताइवान ट्राभलग
– लेखक : याङ सुआङ जी (ताइवान)
– अनुवादक : लिन क्विङ (ताइवानी–अमेरिकी)
– पुरस्कार राशि : ५० हजार पाउन्ड स्टर्लिङ (लेखक र अनुवादक दुवैलाई समान रूपमा (आधा आधा) बाँडिने ।)
– बुकर पुरस्कार जित्ने मन्डारिन चिनियाँ भाषाबाट अनुवादित यो पहिलो कृति हो ।
– सन् २०२५ को विजेता : भारतीय लेखिका बानु मुस्ताकद्वारा लिखित र दीपा भास्तीद्वारा कन्नड भाषाबाट अङ्ग्रेजीमा अनुवादित कथासङ्ग्रह ‘हार्ट ल्याम्प’ ।
१४. ‘उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना’ को विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
उत्तर : ८२८ मेगावाट
– स्थान : बागलुङको ढोरपाटन क्षेत्र
– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘उत्तरगङ्गा पावर कम्पनी लिमिटेड’ ले अघि बढाएको यो आयोजना नेपालको ऊर्जा सुरक्षाका लागि ‘गेम चेन्जर’ परियोजनाका रूपमा हेरिएको छ ।
– कुल अनुमानित लागत : १.०८ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब ६४ अर्ब रुपियाँ ।
१५. सन् २०२६ मेमा चीनको ग्वाङ्झाउमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल कुन उपाधिबाट सम्मानित भएको हो ?
उत्तर : मोस्ट चार्मिङ टुरिजम डेस्टिनेसन (सर्वाधिक आकर्षक पर्यटकीय गन्तव्य) ।
– चीनको ग्वाङ्झाउमा मे २१ देखि २३ सम्म आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता र साहसिक पर्यटनका आधारमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान प्रदान गरिएको छ ।
– नेपाल पर्यटन बोर्डको समन्वयमा ‘नेपाल : जीवनभरको अनुभव’ नारासहित नेपालका आठ पर्यटन कम्पनीले सो मेलामा सहभागिता जनाउँदै सांस्कृतिक, धार्मिक र साहसिक पर्यटनबारे जानकारी गराएका थिए ।
१६. चलचित्र पत्रकार सङ्घ नेपालको २७ औँ वार्षिकोत्सव (२०८३) मा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ बाट कसलाई सम्मान गरियो ?
उत्तर : अनन्त वाग्ले (पुरस्कार राशि : रु. ५५,५५५)
१७. ‘सफलता संयोग होइन, यो त कडा मेहनत, दृढता, सिकाइ र त्यागको परिणाम हो’ भन्ने व्यक्तित्व को हुन् ?
उत्तर : पेले (फुटबलका सम्राट्)
१८. नेपाल सरकारले हाल निर्धारित अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा हुने स्तरोन्नतिको समयसीमालाई लम्ब्याएर कहिलेसम्म पु¥याउन संयुक्त राष्ट्रसङ्घसमक्ष अनुरोध गरेको छ ?
उत्तर : सन् २०३० नोभेम्बर
१९. उपन्यास पुस्तकालयको स्थापना कहाँ गरिएको छ ?
उत्तर : काठमाडौँ (विसं २०८३ जेठ ६)
– उपन्यास समाज नेपालद्वारा स्थापना गरिएको उक्त पुस्तकालय चर्चित स्रष्टा रुद्रराज पाण्डेद्वारा लिखित उपन्यास ‘रूपमती’ प्रदर्शन गर्दै उद्घाटन गरिएको हो ।
२०. एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?
उत्तर : सन् २०२५–२०२९
– सन् २०२५ देखि २०२९ सम्मका लागि लागु हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्रलक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको छ ।
प्रस्तुतकर्ता : टङ्क केसी