१. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्को दुवै सदनसमक्ष कहिले प्रस्तुत गरियो ?
उत्तर : विसं २०८३ वैशाख २८
नीति तथा कार्यक्रम २०८३ का प्रमुख तथ्यहरू
– वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष २०८३/८४ देखि आव २०९२/९३ सम्मलाई ‘रोजगार प्रवर्धन दशक’ घोषणा गरी कार्यान्वयन गर्ने ।
– विदेशी मुद्रा आर्जन तथा फ्रिलान्सिङलाई सहज बनाउन अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई तत्काल मान्यता दिने ।
– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र नवप्रवर्तनको विकासका लागि छुट्टै ‘राष्ट्रिय नवप्रवर्तन कोष’ स्थापना गर्ने र सार्वजनिक सेवालाई पूर्ण रूपमा ‘पेपरलेस’ र
‘फेसलेस’ बनाउने ।
– जलविद्युत् आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जाको सट्टा आयोजनाकै सेयर हिस्सा दिने नीति लागु गर्ने ।
– विद्युत् उत्पादन, वितरण र प्रसारणमा निजी क्षेत्रलाई सहभागी गराउने । राष्ट्रिय ग्रिड नपुगेका स्थानमा सौर्य र लघुजलविद्युत् तथा यातायात क्षेत्रमा ‘ग्रिन हाइड्रोजन’ इन्धनलाई प्राथमिकता दिने ।
– पूर्वपश्चिम रेलमार्ग निर्माणलाई निरन्तरता दिने तथा केरुङ–काठमाडौँ र रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणको मोडालिटी टुङ्ग्याउने ।
– सडक, रेल, जल, रोपवे र हवाई यातायातलाई समेट्ने गरी ‘एकीकृत राष्ट्रिय यातायात गुरुयोजना’ तयार गरी कार्यान्वयनमा ल्याउने ।
– सरकारी कर्मचारी कुनै पनि राजनीतिक दल वा दलका गतिविधिमा संलग्न भएको पाइएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने ।
– राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनामा ‘डिजिटल प्रगति ट्र्याकिङ’ गर्ने ।
– वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र जग्गाको स्वामित्व प्रदान गर्ने ।
– नापी र मालपोत कार्यालयलाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गर्ने ।
– ‘भिजिट नेपाल २०८५’ को पूर्वतयारी गर्ने ।
– आगामी आर्थिक वर्षभित्र नेपाललाई ‘सडक बालबालिकामुक्त’ घोषणा गर्ने ।
– विसं २०८७ सम्ममा देशका सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने ।
– स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाई सम्पूर्ण नागरिकको पहुँचमा पु¥याउने । प्राविधिक तथा व्यावसायिक शिक्षालाई सिप र रोजगारसँग जोड्न ‘सार्वजनिक शिक्षा सबलीकरण दशक’ सञ्चालन गर्ने ।
– नेपाल कार्बन प्राधिकरण गठन गरी ‘रेड प्लस’ कार्यक्रम विस्तार गर्ने ।
२. राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार नियमिततर्फ कति प्रतिशत परीक्षार्थी उत्तीर्ण (ग्रेडेड समूहमा पर्न सफल) भएका छन् ?
उत्तर : ६५.९८ प्रतिशत
– २०८२ सालको एसइईमा कुल चार लाख ३० हजार ६६७ परीक्षार्थी सहभागी भएकोमा ६५.९८ प्रतिशत (दुई लाख ८४ हजार १६० जना) उत्तीर्ण (ग्रेडेड समूहमा) भएका छन् । यो नतिजा २०८१ (६१.८१ प्रतिशत) र २०८० (४८ प्रतिशत) को तुलनामा सुधारोन्मुख रहेको छ ।
– चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गर्न सामान्यतया तीन महिनाको सट्टा परीक्षा सकिएको २९ दिनमै सार्वजनिक गरी बोर्डले इतिहासमै सबैभन्दा छोटो अवधिमा नतिजा प्रकाशनको रेकर्ड राखेको छ ।
– ननग्रेडेड समूहमा परेका एक लाख ४६ हजार ५०७ परीक्षार्थीले जतिसुकै विषयमा अनुत्तीर्ण भए पनि असार १ देखि ९ गतेसम्म सञ्चालन हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
उत्तीर्ण विद्यार्थी विवरण (ग्रेडेड समूह)
३. हाल गोरखापत्रमा ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा प्रकाशित हुने भाषाको सङ्ख्या कति पुगेको छ ?
उत्तर : ४९
– पछिल्ला थपिएका भाषाहरू : पछिल्लो पटक गोरखापत्रले अति सीमान्तकृत समुदायका भाषालाई समेट्ने क्रममा विसं २०८२ चैत २८ मा ‘सन्थाल’ र ‘हायु’ तथा २०८३ वैशाख ८ गते ‘बोटे’ भाषा समावेश गरेको छ ।
– मुलुकको समावेशी र बहुभाषिक नीतिलाई कार्यान्वयन गर्न विसं २०६४ असोज १ देखि छ वटा मातृभाषा (तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई र नेवार) बाट यो बहुभाषिक पृष्ठको प्रकाशन प्रारम्भ गरिएको थियो ।
४. अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र प्रभावकारी न्याय सम्पादनमा उल्लेखनीय योगदान पु¥याएको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले हालै ‘सर्वोत्कृष्ट प्रहरी अधिकृत’ का रूपमा कसलाई सम्मान गरेको छ ?
उत्तर : बाँकेका प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसी
५. नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएबापत अन्तर्राष्ट्रिय संस्था ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ बाट ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल नेपाली फोटो पत्रकार को हुन् ?
उत्तर : प्रदीपराज वन्त (सन् २०२६ मे)
६. नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारण सभाबाट महासङ्घको नयाँ अध्यक्षमा चयन हुन सफल व्यक्तित्व को हुनुहुन्छ ?
उत्तर : अञ्जनकुमार श्रेष्ठ (विसं २०८३ वैशाख)
– उपाध्यक्ष जिल्ला/नगर : कृष्णप्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ
– उपाध्यक्ष वस्तुगत : नरेशलाल श्रेष्ठ
– उपाध्यक्ष एसोसिएट्स : प्रबलजङ्ग पाण्डे
७. पर्वतारोहणसम्बन्धी संशोधित नियमावली अनुसार वसन्त ऋतुमा सगरमाथाको ‘नर्मल रुट’ (दक्षिणपूर्वी धार) बाट आरोहण गर्न प्रतिपर्वतारोहीले कति सलामी दस्तुर (रोयल्टी) तिर्नुपर्ने व्यवस्था छ ?
उत्तर : १५ हजार अमेरिकी डलर
– सरकारले २०८२ भदौ १६ देखि लागु हुने गरी वसन्त ऋतुमा सगरमाथाको ‘नर्मल रुट’ (दक्षिणपूर्वी धार) बाट गरिने आरोहणको सलामी दस्तुर १५ हजार डलर कायम गरेको छ ।
– यही सिजनमा दक्षिणपूर्वी धारबाहेकका दिशाबाट सगरमाथा आरोहण गर्दा १० हजार अमेरिकी डलर बुझाउनुपर्ने ।
८. टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक एउटै ओभरमा ५ विकेट लिएर विश्व कीर्तिमान रच्ने खेलाडी को हुन् ?
उत्तर : गेदे प्रियान्दाना (इन्डोनेसिया, सन् २०२५ डिसेम्बर २३)
– इन्डोनेसियाको बालीमा भएको कम्बोडियाविरुद्धको खेलको १६ औँ ओभरमा उनले यो रेकर्ड कायम गरेका ।
९. विश्वको सबैभन्दा लामो सडक कुन हो ?
उत्तर : पान–अमेरिकन हाइवे (३०,००० किमी)
विश्वका प्रमुख पाँच लामा सडक
१. पान–अमेरिकन हाइवे – करिब ३०,००० किमी लम्बाइयुक्त यो विश्वको सबैभन्दा लामो
अन्तर्राष्ट्रिय सडक सञ्जाल हो । यसले उत्तर अमेरिकाको अलास्कादेखि दक्षिण अमेरिकाको अर्जेन्टिनासम्म १४ वटा देशलाई जोड्छ ।
२. एसियन हाइवे १ – करिब २०,५५७ किमी लामो । यो एसियन हाइवे नेटवर्कको सबैभन्दा लामो रुट हो । यो जापानको टोकियोबाट सुरु भई कोरिया, चीन, भारत, पाकिस्तानलगायतका देश हुँदै टर्की र बुल्गेरियाको सिमानासम्म पुग्छ ।
३. हाइवे १, अस्ट्रेलिया – करिब १४,५०० किमी लामो । यो एउटै देशभित्र रहेको विश्वको सबैभन्दा लामो राष्ट्रिय राजमार्ग हो । यसले सम्पूर्ण अस्ट्रेलिया महादेशवरिपरि चक्राकार रूपमा फन्को मार्छ र अस्ट्रेलियाका सबै मुख्य राज्यका राजधानीहरूलाई जोड्छ ।
४. ट्रान्स–साइबेरियन हाइवे – करिब ११,००० किमी लामो । रुसको एक छेउदेखि अर्को छेउसम्म फैलिएको राजमार्गहरूको सञ्जाल । यसले सेन्ट पिटर्सबर्गलाई भ्लादिभोस्तोक (प्रशान्त महासागरको किनार) सँग जोड्छ ।
५. ट्रान्स–क्यानडा हाइवे – करिब ७,८२१ किमी लामो । यो क्यानडाको पूर्वदेखि पश्चिम तटसम्म फैलिएको विश्वका लामा राष्ट्रिय राजमार्गहरूमध्ये एक हो । यसले क्यानडाका सबै १० वटा प्रान्तलाई एकआपसमा जोड्ने काम गर्छ ।
१०. कोशी प्रदेशमा सम्पन्न ‘वुमन लिडरसिप समिट २०२६’ ले कति बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ?
उत्तर : १६ बुँदे (विसं २०८३ वैशाख)
११. नेपाल सरकारले वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने साथै उपभोक्तालाई ठगीबाट बचाउने उद्देश्यसाथ देशभर कुन अवधिलाई ‘मूल्य पारदर्शिता सप्ताह’ का रूपमा मनाउने निर्णय ग¥यो ?
उत्तर : विसं २०८३ वैशाख २८–जेठ ३
– सम्पूर्ण उत्पादक तथा आयातकर्ताले आफूले बिक्रीवितरण गर्ने वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी), गुणस्तर, सामग्री र लेबल स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था कडा गरिएको छ ।
– उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्ने र उपभोक्तालाई ठगीबाट बचाउने उद्देश्यसहित सरकारले यो अभियान सञ्चालन
गरेको हो ।
१२. ‘न्यु बिज लाइफटाइम अचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
उत्तर : हरिप्रसाद पाण्डे
१३. हालै एक क्रुज जहाजमा फैलिएर यात्रुहरूको मृत्युको कारण बनेको भाइरस कुन हो ?
उत्तर : हान्टा भाइरस (अर्जेन्टिनाबाट केपभर्डे जाँदै गरेको एमभी होन्डियस क्रुज, सन् २०२६)
१४. क्षेत्रफल तथा जनसङ्ख्याका हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?
उत्तर : ब्राजिल
१५. द्वितीय विश्वयुद्धका समयमा एक्सिस पावर अन्तर्गत रहेको राष्ट्र इटालीका शासक को थिए ?
उत्तर : बेनिटो मुसोलिनी
१६. युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?
उत्तर : आल्पस पर्वत
१७. ओजोन तह संरक्षणसम्वन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
उत्तर : सन् १९८७, क्यानडाको मन्ट्रियल
१८. हाल ब्रिक्स अन्तर्गत कति राष्ट्र रहेका छन् ?
उत्तर : ११ (ब्राजिल, रुस, इन्डिया, चीन, दक्षिण अफ्रिका, इजिप्ट, साउदी अरब, इथियोपिया, युएई, इरान, इन्डोनेसिया)
१९. रानीमहल (ऐतिहासिक उपन्यास) नामक कृतिका सर्जक को हुनुहुन्छ ?
उत्तर : रामचन्द्र खनाल (रामपुर–३ पाल्पा, हाल : काठमाडौँ)
२०. विश्व औलो दिवस कहिले मनाइन्छ ?
उत्तर : अप्रिल २५
– सन् २०२६ को नारा : ड्रिभन टु इन्ड मलेरिया : नाउ वी क्यान, नाउ वी मस्ट । (मलेरिया अन्त्य गर्न प्रतिबद्ध : अब हामी सक्छौँ, अब हामीले गर्नै पर्छ ।)
२१. नेपालको कुन प्रसिद्ध धार्मिक स्थललाई ‘मङ्की टेम्पल’ भनेर पनि चिन्ने गरिन्छ ?
उत्तर : स्वयम्भूनाथ
२२. भारतीय राज्य तमिलनाडुको मुख्यमन्त्री बन्न सफल व्यक्तित्व को हुन् ?
उत्तर : थलापति विजय (वास्तविक नाम : जोसेफ विजय चन्द्रशेखर)।
– दक्षिण भारतीय सुपरस्टार विजय नेतृत्वको दल ‘तमिलागा वेत्री कझगम (टिभिके)’ ले तमिलनाडु विधान सभा चुनावमा सर्वाधिक १०८ सिट जितेर गठबन्धनको समर्थनमा सरकार गठन गर्दै दशकौँ पुरानो द्रविड राजनीतिक (डिएमके र एआइएडिएमके) एकाधिकार तोडेको छ ।
प्रस्तुतकर्ता : टङ्क केसी