Source: Gorkhapatra (original)
Open Original 🖨️ Export PDF

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
मिति: ४ चैत २०८२

१. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२५ फेब्रुअरी ११ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

उत्तर : १०७ औँ

यस वर्ष नेपाल ३४ अङ्कसहित १०७ औँ स्थानमा रहेको । गत वर्ष नेपाल ३५ अङ्कसहित १०८ औँ स्थानमा थियो । 

टिआईका अनुसार ५० अङ्कभन्दा कम स्कोर प्राप्त गर्ने मुलुक सुशासनको क्षेत्रमा समस्यायुक्त रूपमा चित्रण गरिन्छ भने ३५ अङ्कभन्दा कम स्कोर ल्याउने मुलुक गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । 

विश्वकै कम भ्रष्टाचार हुने मुलकको सूचीको पहिलो स्थानमा डेनमार्क रहेको । साउथ सुडान विश्वकै बढी भ्रष्टाचार हुने सूचीमा परेको । 

यस सुचीमा छिमेकी राष्ट्र चीन ४३ अङ्कका साथ ७६ औँ स्थानमा रहेको । 

ट्रान्सपरेन्सी इन्टरनेसनलले यो प्रतिवेदन विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोव्रmेसी प्रोजेक्ट  (भिडिइएम) समेत गरी ६ वटा संस्थाको सर्वेक्षणका आधारमा तयार गरेको ।


२. नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आइजिपी) मा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ ?

उत्तर : दीपक थापा

२०८१ चैत्र ४ गतेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई नियुक्त गरेको । 

एआइजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख हुनुहुन्थ्यो । 

वसन्त कुँवर चैत्र ४ गते नै अवकाश हुने भएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको । 

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भाद्र १८ सम्म मात्र रहने छ । 

प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआइजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । 


३. काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपतिमा कसलाई नियुक्त गरियो ?

उत्तर : प्राडा अच्युत वाग्ले (विसं २०८१ चैत ४) 


४. प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन कहिले भएको हो ?

उत्तर : विसं २०८१ फागुन २९

नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका प्रख्यात लेखक क्षेत्रीको ९२ वर्षको उमेरमा आसामको गुवाहाटीमा निधन भएको । 

क्षेत्रीले सामन्ती उच्च वर्गबाट शोषण भोगिरहेका गरिब गाउँलेको दशालाई उजागर गर्दै बसाइँ (सन् १९५७) नामक उपन्यास लेखेका । यो उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्यव्रmममा समेत समावेश छ । 

भारतमा नेपाली भाषी भारतीयले साहित्यकार क्षेत्रीलाई ग्रामीण सङ्घर्ष र सामाजिक अन्यायको शक्तिशाली चित्रण गर्ने स्रष्टाका रूपमा चिन्छन् । 

उनले बह्ममपुत्रको छेउछाउ नामक औपन्यासिक कृतिका लागि सन् १९८७ मा साहित्य एकेडेमी पुरस्कार प्राप्त गरेका थिए । अतृप्त (मनोवैज्ञानिक उपन्यास), कहिल्यै नफुक्ने गाँठो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षेत्रीका कथाहरू लगायतका कृति पनि लोकप्रिय रहेका छन् । 

उनी सन् २०१६ मा नेपालको प्रतिष्ठित जगदम्वाश्री पुरस्कारबाट विभूषित भएका । त्यस्तै, सन् २०२० मा भारतको प्रसिद्ध पद्मश्री पुरस्कारबाट पनि सम्मानित भएका । 


५. यस वर्ष (२०८१) को बद्री पहाडी समाजसेवा पुरस्कार कसलाई प्रदान गरियो ?

उत्तर : सामाजिक अभियन्ता पूर्व राजदूत पदम सुन्दास 

मानव अधिकार तथा शान्ति समाजले कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार सुन्दासलाई प्रदान गरेको । 

यस पुरस्कारको राशि रु. एक लाख १० हजार रहेको । 


६. पाँचथरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०८१ मा प्रथम हुन सफल कवि को हुन् ?

उत्तर : हिक्मत रावल (अछाम)

प्रतियोगितामा उदयपुरका जीवन आरोही द्वितीय र तेह्रथुमका भगिश्वर तेयुङ तृतीय भएका । 

प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमश : ५० हजार, २५ हजार र १२ हजार ५०० रुपियाँ रहेको । 


७. नेपालको उच्च हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने संस्था कुन हो ?

उत्तर : अन्तर्राष्ट्रिय केनेल क्लब (आइकेसी), सन् २०२५ मार्च 

नेपालमै उत्पत्ति र विकास भएको भोटे कुकुरलाई उक्त मान्यता दिइएको । 

उच्च हिमाली भेगतिर पाइने भोटे कुकुर विशेष गरी गोठको साथीको रूपमा पाल्ने गरिन्छ । 

हाल यो कुकुर तराई र पहाडतिर समेत पाल्न थालिएको । 


८. नेपालमा तेस्रो पुतली गणना अभियानको सञ्चालन अवधि कुन हो ?

उत्तर : सन् २०२५ मार्च ३–३१

सञ्चालन गर्ने संस्था : बटरफ्लाई वाचर्स नेपाल 

थिम : बटरफ्लाई म्याराथुन


९. मिथिला नाट्यकला परिषद् (मिनाप) ले यस वर्ष (२०८१) को महामूर्ख उपाधिबाट कसलाई सम्मान ग¥यो ?

उत्तर : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह

होली पर्वको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सिंह सो उपाधिबाट सम्मानित भएका । 

त्यसै गरी साहित्यकार एवं गीतकार सियाराम झालाई पटमूर्खको उपाधि, जनकपुरधाम उमनपा उपप्रमुख किशोरी साहलाई हराशंख र वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशङ्करको उपाधि प्रदान गरिएको । 


१०. २०८१ को विन्ध्यवासिनी म्युजिक लाइफटाइम अवार्डबाट सम्मानित हुने स्रष्टा को हुन् ?

उत्तर : गीतकार राजेन्द्र थापा (पुरस्कार राशि रु. एक लाख) 

विन्ध्यवासिनी सङ्गीत साधना सम्मान : गायिका सङ्गीता शाक्य (राशि ः रु. ५० हजार) 

प्रेमध्वज सङ्गीत रत्न सम्मान : गायिका निशा देसार (राशि : रु. २५ हजार)

झलकमान लोक–सङ्गीत सम्मान : गायक शिरिष देवकोटा 

विन्ध्यवासिनी कला पत्रकारिता सम्मान : पत्रकार शारदा थापा (राशि : रु. २५ हजार)


११. सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन कहाँ गरिने भएको छ ?

उत्तर : नेपाल 

भारतको दिल्लीमा सम्पन्न (सन् २०२५) विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को सम्मेलन श्रीलङ्का र सन् २०२७ को नेपालमा गर्ने निर्णय गरेको । 

सन् २०२५ को सम्मेलन ज्ञान साझेदारी, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यमा पुस्तकालयको भूमिकालाई सुदृढ बनाउन सफल भएको जनाइएको । 

नयाँ दिल्लीमा सम्पन्न सम्मेलनले पुस्तकालय कूटनीति र डिजिटल रूपान्तरणमा भविष्यको नवप्रवर्तनका लागि बलियो जग बसालेको सङ्घद्वारा जारी 

विज्ञप्तिमा उल्लेख । 


१२. २०८१ मा सम्पन्न बुढा सुब्बा गोल्डकपको उपाधि कसले जित्यो ?

उत्तर : एनआरटी

एनआरटीले २–१ गोल अन्तरले पराजित गर्दै बुढासुब्बा गोल्डकपको उपाधि जितेको । 

न्युरोड टिम (एनआरटी) यस अघि २०६४ र गत वर्ष पनि विजेता बनेको थियो । 

उपाधिसँगै एनआरटीले नगद १० लाख रुपियाँसहित ट्रफी हात पारेको । 

उपविजेता चर्च ब्वाइजले नगद पाँच लाख रुपियाँ प्राप्त गरेको । 

सर्वोत्कृष्ट खेलाडी : एनआरटीका शिशिर लेखी 

सर्वाधिक गोलकर्ता : चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड विडोंग (समान ३ गोल)

उत्कृष्ट गोलकिपर : प्रमिजय गच्छदार (एनआरटी) 

उत्कृष्ट प्रशिक्षक : हरिओम श्रेष्ठ (एनआरटी)

उत्कृष्ट मिडफिल्डर : रोहन कार्की (चर्च ब्वाइज) 

उत्कृष्ट फरवार्ड : समीर तामाङ (चर्च ब्वाइज) 

उत्कृष्ट डिफेन्डर : पदम भट्टराई (चर्च ब्वाइज) 


१३. मिसेस नोबल नेपाल २०२५ को उपाधि जित्ने युवती को हुन् ?

उत्तर : सन्ध्या लामिछाने 

उपाधिसँगै उनले ‘नेपाल फेसन एन्ड इन्टरटेनमेन्ट अवार्ड २०२५ जापान’ का लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी । 

उपविजेता : सर्वण जोशी 

दोस्रो उपविजेता (सहविजेता) : रेखा भट्टराई 


१४. ‘जोय मोडल हन्ट नेपाल’ सिजन ९ को उपाधि विजेता प्रतिभा को हुन् ?

उत्तर : विवश विष्ट र नेहा बुढा

विजेता दुवैले विभिन्न पुरस्कारका साथमा कम्बोडियामा हुने मिस्टर एन्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने । 

प्रतियोगितामा आदित्य थपलिया र मोना केसी फस्ट रनरअप तथा एलेन डङ्गोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भएका । 


१५. नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?

उत्तर : ८९८ (विसं २०८१ फागुन)

पछिल्लो पटक भेटिएको चरा ः बैजनी–बुङ्गे चरा (पर्पल–रम्प सनबर्ड)

यो चरा भारत, बङ्गलादेश, म्यानमार र श्रीलङ्कामा पाइने गरेको । 

झापाको काँकडभिट्टामा फेला पारिएको । 

यसअघि २०८१ पुसमा खैरो झाडी फिस्टो (ब्राउन बुस वाब्र्लर) चितवन दिव्यनगरमा फेला परेको ।


१६. पोखरा भ्रमण वर्ष–२०२५ मा कति पर्यटक भिœयाउने लक्ष्य लिइएको छ ?

उत्तर : २० लाख

भ्रमण वर्षको अवधिमा पोखरामा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने मुख्य लक्ष्य लिइएको । 

महानगरले पोखरा घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष मनाउन लागेको । 

पोखरा विश्वकै चर्चित ट्रेकिङ ट्रेल अन्नपूर्ण सर्किटको गेट वे पनि हो । 

भ्रमण वर्षमा स्वदेशका पाँच र विदेशका पाँच गरी १० सहरसँग भगिनी सम्बन्ध स्थापना गरिने । 

पर्यटन क्षेत्रलाई लक्षित गरी पोखरामा टुरिजम इन्भेष्टमेन्ट समिट आयोजना गरिने । 

महानगरपालिकाले २०८१ फागुन ३ मा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गरेको । २०८० चैत्र ४ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको । 


१७. बागमती प्रदेश सरकारद्वारा सञ्चालनमा ल्याइएको बागमती प्रदेश विश्वविद्यालयले तयार पारेको वेबसाइटको उद्घाटन कहिले गरियो ?

उत्तर : विसं २०८१ फागुन २१

प्रस्तुतकर्ता : टङ्क केसी